Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ का तीन सांसदद्वारा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

प्रदेश १ का तीन सांसदद्वारा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

५ माघ, काठमाडौँ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राइविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका तीन प्रदेशसभा सदस्यले प्रस्ताव फिता लिएका छन् ।

सांसद जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव आज फिर्ता लिएका हुन् । उनीहरुले आज एक विज्ञप्ति जारी गरी प्रस्ताव फिर्ता लिएको जनाएका छन् ।

प्रदेशमा रहेको नेकपा सरकारविरुद्ध नेकपाकै प्रदेसभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराउनु उपयुक्त नहुने भन्दै प्रस्ताव फिर्ता लिएको विज्ञप्तिमा जनाइएको छ ।

गत पुष १२ गते उनीहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.