×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रदेश १ को वित्त व्यवस्थापन विधेयक बहुमतले पारित

२६ भाद्र २०७५

विराटनगर,भदौ २६
प्रदेश नं १ को प्रदेशसभा बैठकले प्रदेश वित्त व्यवस्थापन विधेयक २०७५ वहुमतले परित गरेको छ । प्रदेश सभाको मंगलबार बसेको बैठकले विधेयक संसोधनसहित वहुमतले पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङम्बोले प्रदेश सभा बैठकमा विधेयक पारितका लागि निर्णयार्थ प्रस्ताव पेश गरेका थिए ।

प्रतिपक्षले विधेयक पारितका लागि अस्वीकार गरेपछि बहुमतको आधारमा विधेयक पारित भएको सभामुख प्रदीप भण्डारीले घोषणा गरेका थिए । १२ दफा रहेको विधेयकमाथिका अधिकाश दफा संशोधन गरिएको छ भने केही बुँदा थप समेत गरिएको छ । सामान्यतया आर्थिक बर्षको बार्षिक बजेट अगावै बजेट विभाजनको सिद्धान्तसम्बन्धी व्यवस्था गर्ने प्रमुख नीतिका रुपमा वित्त व्यवस्थापन विधेयक ल्याइनु पर्ने प्रावधना रहेको छ ।तर प्रदेश र संघीय सरकारबीचको अधिकार बाँडफाँटसम्बन्धी विषय नटुंगिएका कारण मन्त्रालयले ढिलो गरी वित्त व्यवस्थापन विधेयक संसदमा ल्याएको थियो ।

प्रदेश सभा बैठकले पारित विधेयकमा प्रदेश सरकारले राजस्वको बाँडफाँट सम्बन्धी प्रदेश अधिकार क्षेत्रभित्र लगाएको उठाएको करबाट प्राप्त हुने रकम प्रदेशको विभाज्य कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी जम्मा भएको रकममध्ये ६० प्रतिशत प्रदेशको संचित कोष र बाँकी ४० प्रतिशत रकम स्थानीय विभाज्य कोषमा पठाउने व्यवस्थालाई प्रक्रियागत रुपमा सम्बोधन गरिएको हो ।

वित्तीय समानीकरण अनुदानका हकमा स्थानीय तहको खर्चको आवश्यता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई समानीकरण अनुदान वितरण गर्ने व्यवस्था गरिएको छ । विधेयकमा नभएको र पछि थपिएकोमा नेपाल सरकारसंग ऋण लिन सक्ने व्यवस्था उल्लेख गरिएको छ ।स्थानीय वा प्रदेशको कुनै योजना कार्यान्वयन गर्न आयोगले तोकेको आधारमा प्रदेश सरकारले शर्त तोक्ने र शर्तको पालना गर्ने गरी स्थानीय तहलाई सशर्त अनुदान दिने व्यवस्था उल्लेख छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top