Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ प्रहरी तालिम केन्द्रबाट ८ सय २१ प्रहरी जवानहरु दिक्षित

प्रदेश १ प्रहरी तालिम केन्द्रबाट ८ सय २१ प्रहरी जवानहरु दिक्षित

२२ असार, बिराटनगर ।
प्रहरी जवान १३७ औँ समूहको आधारभुत तालिममा सहभागी ९८ जना महिला सहित ८२१ जना प्रहरी जवानहरु दिक्षित भएका छन । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरमा ५ सय ८७ जना, १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा १ सय ३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९८ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा संयुक्त रुपमा दिक्षित भएका हुन् ।

मिति २०७६ साल श्रावण २० गते देखी संचालित प्रहरी जवान १३७ औँ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक टेकबहादुर तामाङले सफत ग्रहण गराएका थिए ।

१३७ औँ समूहको दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले कोभिड–१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक, संचारकर्मी तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताए । साथै उनले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन दिएका छन् ।

सोही कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कार्कीले तालिम केन्द्रबाट प्रकाशित प्रहरी जवान स्मारिका– २०७७ को बिमोचन समेत गरेका थिए । तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान बिजय सिंह कार्की लगायत विभिन्न १० बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.