Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ बाट थप ३० जना डिस्चार्ज

प्रदेश १ बाट थप ३० जना डिस्चार्ज

२२ जेठ, विराटनगर ।
प्रदेश १ बाट बिहीबार ३० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जना आज डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

उनका अनुसार डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ । विराटनगरबाट डिस्चार्ज हुनेमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । डिस्चार्ज हुनेहरु वैशाख ५ गते देखि जेठ ९ गते सम्म भर्ना भएकाहरु रहेका छन् ।

गत वैशाख ५ गते अस्पताल भर्ना भएका विराटनगर १७ का ५७ वर्षीय कासिम मिया रहेका छन । उनलाई उदयपुरको भुल्केमा संक्रमण भएको थियो । जेठ ९ गते भर्ना भएर डिस्चार्ज हुनेमा मोरङ रतुवामाईका ३६ वर्षीय जफार मिया रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर वस्नेतले बताए ।

डिस्चार्ज हुनेहरुमा सप्तरीका रामदुल्ला मिया, रवनकुमार साह, उदयपुरका मोहम्वत सविर अलि, कविरा खातुन, राकेश नेपाली, विराटनगरका आनन्दकुमार मेहत्तर, रिंकु सहनी, धनकुटाकी शिला लिम्वु, गणेश बुढाथोकी, बादल गनगाई, मोरंग रतुवामाईका मम्ताज आलम, झापा कचनकवलका मुसाफिक आलम, तयव आलम, नुर आलम, सहवाज मियाँ, सनवाज मियाँ, फिरदोज आलम, इम्तियाज आलम, सुनसरीका गोविन्द चौधरी, विमल रेग्मी, अरविन्द श्रेष्ठ, निहाङ राई, मोरंग पथरीशनिश्चरेका रमेश कार्की, खोटाङका दिपेन्द्र राई, संखुवासभाका निशा थापामगर रहेका छन् ।

डिस्चार्ज भएका सवैलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डा.संगीता मिश्रा, कोभिड अस्पताल संयोजक ज्ञानबहादुर वस्नेत लगायतले विदाई गरेका थिए । डिस्चार्ज भएका सवैलाई संवन्धित जिल्ला पठाईएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.