×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

२३ माघ, विराटनगर ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।

सात मन्त्रालय रहेको प्रदेश १ मा अब मन्त्रालय नै १३ वटा बनाइएको छ। यी मन्त्रालयहरूमा सत्तारूढ दलहरूबाट आज मन्त्री नियुक्त गर्ने तयारी छ। प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्रिपरिषदमा रहनेछन्।

संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो। साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्। झापाका ओमप्रकाश सरावागी, ताप्लेजुङका प्रतापप्रकाश हाङगाम र मोरङका शेखरचन्द्र थापा मन्त्री हुने सम्भावना छ।

यस्तै नेकपा (एकीकृत समाजवादी) बाट खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु र मोरङका उपेन्द्रप्रसाद घिमिरे मन्त्री हुने तयारीमा छन्। नेकपा माओवादी केन्द्रबाट यसअघ १ मन्त्री रहेकोमा आज २ जना थप गर्न लागिएको छ।

खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्री हुन लागेका छन्। जसपा र संघीय लोकतान्त्रिक मन्चबाट एकेक जना मन्त्री हुने गरी सत्तारूढ गठबन्धनले मन्त्रालय भागबन्डा गरेका थिए। सात मन्त्रालय फुटाएर १३ बनाउने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय भएको थियो।

आज मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बताएको छ। गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश १ मा १९ मन्त्रालयसम्म बनाउन पाइने संविधानको व्यवस्था रहेको सत्तारूढ गठबन्धनले दाबी गरिरहेका छन् भने नेकपा एमालेले भने मन्त्रालय फुटाउने निर्णयको विरोध गरेको छ। मन्त्रिपरिषद् विस्तारमा कांग्रेसको पनि असन्तुष्टि देखिएको छ ।

मुख्यमन्त्री राईले कांग्रेसको संसदीय दललाई पाखा लगाएर सभापति शेरबहादुर देउवासँगै बसेर मन्त्रालय बाँडफाड र मन्त्रीको नाम छनोट गरेकाले शेखर कोइराला निकट आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले राजीनामा दिने तयारी गरेका छन् ।

प्रदेश १ संसदीय दलमा कोइराला निकट प्रदेश सांसदहरुको बहुमत रहेको छ । मुख्यमन्त्री राईले देउवा निकट हाङ्गाम, थापा र सरावगीलाई मन्त्री नियुक्त गरेकाले कोइराला पक्ष असन्तुष्ट छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top