Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ सरकारको सवारी मर्मत र इन्धन खर्च ७ करोड

प्रदेश १ सरकारको सवारी मर्मत र इन्धन खर्च ७ करोड

३ भदौ, विराटनगर ।
कृषिलाई प्राथमिकतामा राखेर आर्थिक विकास र समृद्धिको लक्ष्य लिएको प्रदेश १ सरकारले सवारी मर्मत र इन्धन खर्चमा मात्रै ७ करोड ९ लाख ४४ हजार रुपैया खर्च गरेको छ । एक बर्षको अवधिमा तीन करोड ५६ लाख ३१ हजार रूपैयाँको इन्धन किनेको छ भने मर्मतमा मात्रै तीन करोड ५३ लाख १३ हजार रूपैयाँ खर्च गरेको छ ।
प्रदेश सरकारले आर्थिक बर्ष २०७५÷७६ मा इन्धन र मर्मत शिर्षकमा उतm रकम खर्चेको हो । सवारी साधन खरिद बढेसँगै इन्धन र मर्मतमा सरकारले ठूलो रकम खर्चिदै आएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा इन्धनमा ४० लाख १९ हजार रूपैयाँ खर्च गरेको प्रदेश सरकारले मर्मत ५३ लाख ४१ हजार रूपैयाँ खर्चेको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७५÷७६ मा तीन करोड ५६ लाख ३१ हजार रूपैयाँको इन्धन किनेको थियो भने मर्मतमा तीन करोड ५३ लाख १३ हजार रूपैयाँ खर्चिएको हो । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि इन्धनमा नौ करोड ५२ लाख १४ हजार रूपैयाँ विनियोजन गरेको छ भने मर्मतमा पाँच करोड ४३ लाख ९५ हजार रूपैयाँ विनियोजन गरेको छ । विलासिताको बस्तु भनेर संघीय सरकारले सवारी साधन खरिदलाई कडाई गर्दै आएको छ । तर १ नम्बर प्रदेश सरकारको वर्षेनी सवारी साधन खरिद, इन्धन खरिद र मर्मतमा शतप्रतिशत बजेट बढ्दै गएको छ ।

सरकार गठनको पहिलो आर्थिक वर्ष २०७४÷७५ मा छ करोड २९ लाख ७९ हजार रूपैयाँको सवारी साधन खरिद गरेको थियो । चालु आर्थिक वर्षका लागि ५५ करोड ६८ लाख ७२ हजार रूपैयाँ विनियोजन गरेको छ । संघीय सरकारले गाडी आयातमा कडाई गरेपनि प्रदेश र स्थानीय सरकारले यसलाई गम्भिरता पूर्वक कार्यान्वयन नगरेको तथ्याङले देखाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.