Nepal Times
Nepal Times
3
Shares

प्रदेश २ को नामाकरण र राजधानी : जसपा र माओवादी केन्द्रद्धारा प्रस्ताव दर्ता

प्रदेश २ को नामाकरण र राजधानी : जसपा र माओवादी केन्द्रद्धारा प्रस्ताव दर्ता

५ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) ले प्रदेश २ को नामाकरण र राजधानीका लागि प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि वैशाख ९ गतेसम्ममा प्रस्ताव दर्ता गराउन आह्वान गराएको छ । दुबै दलको नाम र स्थायी राजधानीको प्रस्ताव लगभग समान छ । सत्तारुढ जसपा र माओवादी केन्द्रले प्रदेशको नाममा ‘मधेश’ प्रस्ताव गरेका छन् भने स्थायी राजधानी जनकपुरधाम प्रस्ताव गरेका छन् । स्थायी राजधानीका सवालमा जसपाले जनकपुरधाम शहरी क्षेत्र सहित उत्तरमा पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपाल भारत सीमा र पश्चिममा मिथिला माध्यमिकि परिक्रमा मार्ग क्षेत्र भनेको छ भने माओवादी केन्द्रले जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्र भनेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.