Nepal Times
Nepal Times
3
Shares

प्रदेश–२ को नाम र स्थायी राजधानी तोक्न आज पनि प्रदेशसभामा छलफल हुँदै

प्रदेश–२ को नाम र स्थायी राजधानी तोक्न आज पनि प्रदेशसभामा छलफल हुँदै

३ माघ, काठमाडौँ । प्रदेश–२ को नामाकरण र स्थायी राजधानी तोक्नको लागि आज पनि प्रदेश सभामा छलफल हुँदैछ ।

दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल भएपछि नाम र राजधानी तोक्ने प्रक्रिया लम्बिएको छ ।

हिजो बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेस गर्दै नामाकरण र स्थायी राजधानीमा दलीय सहमति हुन नसकेको बताए । साहले प्रतिवेदन पेस गरेपछि नामाकरण र राजधानीबारे छलफल सुरु भए पनि सांसदहरुले पुरानै अडान दोहोर्याएका छन् ।

प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश तथा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेका छन् ।

नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् भने कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराएका छन् । यस्तै राजधानीका लागि जनकपुरधाम र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ ।

आआफ्नो अडान राख्दै आएका कुनै पनि दलसँग दुई तिहाइ छैन । कुल १ सय ४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल सङ्घीय समाजवादी पार्टीको १ जना सांसद छन् ।

राजधानी र नाम पारित गराउन दुई तिहाइ बहुमत अर्थात ७० सांसद चाहिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.