Nepal Times
Nepal Times
3
Shares

प्रदेश २ मा डिआइजीको नाममा घुस

प्रदेश २ मा डिआइजीको नाममा घुस

काठमाडाैं : प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रन्जितकारको नाममा घुस मागिएको छ। रौतहटको गरुडा–८ बसबिटी जिंगडीस्थित नेपाल पुलिस स्कुलमा कार्यरत एक शिक्षकलाई स्थायी गर्न छ लाख रूपैया घुस मागिएको हो।

सो अडियो सार्वजनिक भएको छ। पैसा दिएको भोलिपल्टै स्थायी नियुक्ति गराइदिने भन्दै एक महिलाले डिआइजी उमेश रन्जितकारको नाममा छ लाख रूपैयाँ माग गरेको अडियोसहित उजुरीसमेत परेको छ।

विगत पाँच वर्षदेखि पुलिस स्कुलमा करारमा काम गरिरहेका पर्साका उदेशकुमार पाण्डेसँग स्थायी दरबन्दीमा शिक्षक बनाइदिने भन्दै शर्मिला थापा दाहालले प्रदेश २ प्रहरी प्रमुख डिआइजी रन्जितकारको नाममा मोलमोलाइ गरेकी थिइन्। उनीसँग यो विषयमा बुझन खोज्दा सम्पर्क हुन सकेन। तर डिआइजी रन्जितकारले ती महिला आफूले नचिनेको बताए।, यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.