Nepal Times
Nepal Times
3
Shares

प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

१३ कात्तिक, जनकपुर ।

प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा दिइने भएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिइने भएको हाे ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।’

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.