Nepal Times
Nepal Times
3
Shares

प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम दुई–तिहाई मतले स्वीकृत

प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम दुई–तिहाई मतले स्वीकृत

काठमाडौँ, असोज १२
प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव र प्रदेशसभा सदस्य वीरमा चौधरी र शान्ति नेपाली समर्थनमा रहेको प्रतिवेदन दुई तिहाई बहुमतले स्वीकृत गरेको हो ।

स्वीकृत भएको प्रतिवदेन अनुसार स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको ठाउँदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेलधुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी १४ जना प्रदेशसभा सदस्यहरुले वैठक बहिष्कार गरेका छन् । राजधानी अनुपयुक्त ठाउँमा भएको भन्दै उनीहरुले विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन् । यसैबीच प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले धनगढीमै राजधानी हुनुपर्ने भन्दै संसदमै नाराबाजी समेत गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.