×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीविरुद्ध २९ उजुरी

२७ जेष्ठ २०८०

२७जेठ, एजेन्सी ।
सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । संवैधानिक परिषद्बाट २५ वैशाखमा प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिले १७ जेठमा सार्वजनिक सूचनामार्फत १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शुक्रबारसम्मको समयसीमाभित्र कार्कीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्न २९ वटा उजुरी प्राप्त भएका छन । संसदीय सुनुवाइको इतिहासमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको यो सबैभन्दा धेरै उजुरी हो ।

संवैधानिक परिषदले कानुनको रिक्तता रहेकै अवस्थामा गत वैशाख २५ गते कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न सिफारिस गरेको थियो । सुनुवाइ समिति नै गठन नहुँदा रोकिएको कार्कीको सुनुवाइ प्रक्रिया जेठ १६ गतेदेखि सुरु भएको थियो । गठन लगत्तै बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय दिएर सार्वजनिक रुपमा उजुरी आह्वान गरेको थियो ।

कार्कीविरुद्ध वहालवाला न्यायाधीश, कानुन व्यवसायीहरुले नै उजुरी दिएका छन् । जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले कानुनको रिक्तता हुँदाहुँदै गरिएको सिफारिसलाई मान्यता दिन हुने उल्लेख गरेका छन् । संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी ऐन २०६६ को अध्यादेशबाट खारेज भएको प्रावधान जगाउन विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा गरिएको सिफारिस अवैध रहेको भट्टराईको जिकिर छ ।

उनले आफ्नो उजुरीमा आलाकाँचा व्यक्तिलाई एकैपटक सर्वोच्च र उच्च अदालतको न्यायाधीश बनाउँदा न्यायपालिकाको गरिमा नै कमाजोर बन्न पुगेको दाबी गरेका छन् । क्याडर न्यायाधीशलाई प्राथमिकता दिनुपर्ने जिकिर गर्दै उनले कार्की जस्ता कानुन व्यवसायबाट आएका व्यक्तिलाई न्यायिक नेतृत्वमा पु¥याउन नहुने बताएका छन् ।त्यस्तै अधिवक्ता अमृत खरेलले पनि कार्कीको सिफारिसको वैधतामाथि प्रश्न गरेका छन् ।

उनले कार्कीले प्रधानन्यायाधीशमा अस्वीकृत गर्न माग गर्दै समितिमा दिएको उजुरीमा भनिएको छ, ‘संवैधानिक परिषदको पुनः २०८०–०१–२५ गते अनौपचारिक र गैरकानूनी बैठक बसी हचुवाका आधारमा स्वैच्छाचारी ढंगले नेपालको प्रधान न्यायाधीश पदमा श्री हरिकृष्ण कार्कीको नाम सिफारिस गर्ने कार्यं कानूनी रिक्तताकै स्थितिमा प्रधानमन्त्री तथा विपक्षी दलसमेतको मिलेमतोमा गरिएको संवैधानिक सर्वोच्चता र कानूनी शासनको सिद्धान्तको बर्खिलापको बलमिच्याइको कार्य भएकाले प्रधान न्यायाधीश पदमा गरिएको निज कार्कीको नाम सिफारिसको कुनै कानूनी वैधता नरहेको हुनाले उक्त अवैध सिफारिस प्रथमदृष्टिमैं कानूनको दृष्टिमा स्वतः शून्य परिणामको लगिि बलम खयष्म कार्य हुन गई खारेजभागी छ।’

खरेलले कार्कीलाई प्रधानन्यायाधीश बनाउन नहुने अरु पनि आधार कारण दिएका छन्। उजुरी एकमुष्ट रुपमा सुनुवाइ समितिको बैठकमै खोलिने प्रवक्ता गिरीले बताए। सर्वोच्च अदालत झण्डै डेढ वर्षदेखि कामुको भरमा चलिरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top