Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन, आजै ३१ वटा पुलको एकैचोटि शिलन्यास गर्ने

प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन, आजै ३१ वटा पुलको एकैचोटि शिलन्यास गर्ने

१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार कमल गाउँपालिका २ को कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने यस पुलको लम्बाइ एक सय ७० मिटर र चौडाइ ११ मिटर छ ।

सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको यस पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाण्डौले १६ करोड ६२ लाख ६४ हजार नौ सय ७५ रुपैयाँमा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको यस पुलको अहिले निर्माण सम्पन्न भएको हो ।

झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले बताए ।

प्रधानमन्त्री ओलीले आइतवार नै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलन्यास गर्ने कार्यक्रम छ । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.