×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रधानमन्त्रीद्वारा गोदावरीमा निर्माणाधीन सम्मेलन केन्द्रको निरीक्षण

१७ कार्तिक २०७७

१७ कात्तिक, ललितपुर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओली गोदावारी नगरपालिका–३ स्थित सम्मेलन केन्द्रको निर्माणबारे प्रगति बुझ्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिकरुपमा गोदावरी पुगेका थिए।

अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिए।

सो अवसरमा मन्त्री श्रेष्ठले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए । आगामी माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उनले शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिए।

विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ । करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी–समानान्तर जेभीले रु ५८ करोड २४ लाखमा ठेक्का पाएको हो ।

विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराएका थिए । निर्माण कम्पनीका तर्फबाट साइट इञ्जिनीयर पवन मैनालीका अनुसार हाल धमाधम वाल पुटिङ र वरिपरी पर्खाल लगाउने काम भइरहेको छ, अब भवनमा छानो हाल्न र भित्र आवश्यक सामग्री जडान गर्न मात्र बाँकी छ ।

अवलोकनमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, सङ्घीय सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, शहरी विकास मन्त्रालयका सचिव डा। रमेशकुमार सिंह, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारलगायतको टोली पुगेको थियो ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top