×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रधानमन्त्रीलाई प्रश्न, जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गर्दा सिटामोल नपाएर ज्यान गुमाएकाको माया लागेन ?

१४ फाल्गुन २०७६

१४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटि प्रिन्टिङ प्रेस स्थापनाका लागि पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामाग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले मन्त्री संलग्न भएको भनिएको घटना लगायतका पछिल्ला घटनाबारे सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजेन्द्रकुमार केसीले पूर्व सञ्चारमन्त्री संलग्न भएको भनिएको ७० करोड कमिसन लगायत पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । आफ्ना कामको जस लिन लामो समय लिन सक्ने सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको भिडियो सामाग्रीका बारेमा जवाफदेही नभएको भन्दै उनले आक्रोश पोखे । उनले भने “आफ्ना जस लिन २ /२ घण्टा रोष्टम कब्जा गर्ने प्रधानमन्त्री जी आज यत्रो ठुलो काण्डै काण्ड मच्चिदा उहाँले जवाफ दिनु पर्ने कि नपर्ने ? ”

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पुर्व संञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा र बिजय मिश्रबीच ७० करोडको भ्रष्टाचार सम्बन्धि अडियो टेप सार्वजनिक भएको धेरै दिन भईसक्दा पनि सरकारले सदनलाई स्पष्ट नभनेको भन्दै यसबारे सत्य तथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परकेो भन्दै उडान सुचारु गराउन सरकारको ध्यानाकर्षण गराइन । उनले जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल नपाएर ज्यान गुमाएका हुम्लाका जनताको माया लागेन भनि प्रश्न गरिन । उनले भनिन ‘प्रधानमन्त्री ज्यु तपाईले बर्थ डेको केक बोक्ने हेलिकोप्टर चार्टर गरेर खर्च गर्न अलिकति पनि तपाईलाई अप्ठ्यारो लागेन ? यही जाडोमा सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाउनु पर्यो । सुत्केरी हुन नसकेर महिलाहरु छटपटाई मर्नु पर्यो । बरु केक चार्टर गर्नुभन्दा औषधीको चार्टर गरेर त्यो हेलिकप्टर हुम्ला पठाईदिउँ, जनता बचाउनुपर्छ भनेर अलिकति पनि तपाईलाई माया लागेन ?’

एन एले फ्लाईट नगरेको ३ महिना भयो । अब मैले सरकारको बाहुलीमा विन्ति चढाउन पर्ने भयो । एन ए को जहाज नेपालगञ्जमा नाईट स्टप राखेर कर्णालीमा दिनको एक फ्लाईट राखेर जनताका लागि व्यवस्था मिलाईबक्सियोस् भनी प्रधानमन्त्री ज्यूको बाहुलीमा विन्ति चढाउँछु । ”

सांसद मिना बुढाले ‘७० करोड सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण लगायत अरर्बौ भ्रष्टाचार भईरहदा किन चुप बस्छन् प्रधानमन्त्री ?’भनी प्रश्न गरिन ।उनले स्वाधिनता र स्वाभिमानको कुरा गरेरै नथाक्ने नेपाली दाताको आगाडि निहुरिने गरेको उल्लेख गर्दै ट्राफिक प्रहरीले लगाउने पोशाक, पञ्जा देखि प्रहरी विट दाताको सहयोगमा चलेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसैगरी शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सांसद लक्ष्मणलाल कर्णले विभिन्न किसिमका चेकजाँचले मधेसको व्यापार संकटमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने “मधेसमा अब विजनेस व्यापार गर्ने हो कि होइन यो सरकारको नीति के हो म बुझ्न चाहन्छु । मधेसको बोर्डरमा केही सामान लग्यो भने बीचमै समातिन्छ । भैसिको व्यापार गर्न पनि दिईदैन । हुदा हुदै आलु पनि इण्डियन हो भनेर समाति राखेको छ ।”

बाह जिल्लाको सिम्रौनगढबाट व्यापारका लागि लगिदै गरेको आलु वरियारपुर इण्डियन आलु भनी रोकेको उल्लेख गर्दै उनले इण्डियन र नेपाली आलुको नमुना देखाईदिन सरकारसंग आग्रह गरे । उनले भने “ नेपाली आलु कस्तो हुन्छ इण्डियन आलु कस्तो हुन्छ नेक्ट बैठकमा मलाई देखाईदिन म अनुरोध गर्छु । र मधेसको व्यापार यस किसिमबाट रोक्नु हँुदैन । ”

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top