Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीलाई प्रश्न, जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गर्दा सिटामोल नपाएर ज्यान गुमाएकाको माया लागेन ?

प्रधानमन्त्रीलाई प्रश्न, जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गर्दा सिटामोल नपाएर ज्यान गुमाएकाको माया लागेन ?

१४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटि प्रिन्टिङ प्रेस स्थापनाका लागि पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामाग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले मन्त्री संलग्न भएको भनिएको घटना लगायतका पछिल्ला घटनाबारे सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजेन्द्रकुमार केसीले पूर्व सञ्चारमन्त्री संलग्न भएको भनिएको ७० करोड कमिसन लगायत पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । आफ्ना कामको जस लिन लामो समय लिन सक्ने सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको भिडियो सामाग्रीका बारेमा जवाफदेही नभएको भन्दै उनले आक्रोश पोखे । उनले भने “आफ्ना जस लिन २ /२ घण्टा रोष्टम कब्जा गर्ने प्रधानमन्त्री जी आज यत्रो ठुलो काण्डै काण्ड मच्चिदा उहाँले जवाफ दिनु पर्ने कि नपर्ने ? ”

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पुर्व संञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा र बिजय मिश्रबीच ७० करोडको भ्रष्टाचार सम्बन्धि अडियो टेप सार्वजनिक भएको धेरै दिन भईसक्दा पनि सरकारले सदनलाई स्पष्ट नभनेको भन्दै यसबारे सत्य तथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परकेो भन्दै उडान सुचारु गराउन सरकारको ध्यानाकर्षण गराइन । उनले जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल नपाएर ज्यान गुमाएका हुम्लाका जनताको माया लागेन भनि प्रश्न गरिन । उनले भनिन ‘प्रधानमन्त्री ज्यु तपाईले बर्थ डेको केक बोक्ने हेलिकोप्टर चार्टर गरेर खर्च गर्न अलिकति पनि तपाईलाई अप्ठ्यारो लागेन ? यही जाडोमा सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाउनु पर्यो । सुत्केरी हुन नसकेर महिलाहरु छटपटाई मर्नु पर्यो । बरु केक चार्टर गर्नुभन्दा औषधीको चार्टर गरेर त्यो हेलिकप्टर हुम्ला पठाईदिउँ, जनता बचाउनुपर्छ भनेर अलिकति पनि तपाईलाई माया लागेन ?’

एन एले फ्लाईट नगरेको ३ महिना भयो । अब मैले सरकारको बाहुलीमा विन्ति चढाउन पर्ने भयो । एन ए को जहाज नेपालगञ्जमा नाईट स्टप राखेर कर्णालीमा दिनको एक फ्लाईट राखेर जनताका लागि व्यवस्था मिलाईबक्सियोस् भनी प्रधानमन्त्री ज्यूको बाहुलीमा विन्ति चढाउँछु । ”

सांसद मिना बुढाले ‘७० करोड सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण लगायत अरर्बौ भ्रष्टाचार भईरहदा किन चुप बस्छन् प्रधानमन्त्री ?’भनी प्रश्न गरिन ।उनले स्वाधिनता र स्वाभिमानको कुरा गरेरै नथाक्ने नेपाली दाताको आगाडि निहुरिने गरेको उल्लेख गर्दै ट्राफिक प्रहरीले लगाउने पोशाक, पञ्जा देखि प्रहरी विट दाताको सहयोगमा चलेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसैगरी शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सांसद लक्ष्मणलाल कर्णले विभिन्न किसिमका चेकजाँचले मधेसको व्यापार संकटमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने “मधेसमा अब विजनेस व्यापार गर्ने हो कि होइन यो सरकारको नीति के हो म बुझ्न चाहन्छु । मधेसको बोर्डरमा केही सामान लग्यो भने बीचमै समातिन्छ । भैसिको व्यापार गर्न पनि दिईदैन । हुदा हुदै आलु पनि इण्डियन हो भनेर समाति राखेको छ ।”

बाह जिल्लाको सिम्रौनगढबाट व्यापारका लागि लगिदै गरेको आलु वरियारपुर इण्डियन आलु भनी रोकेको उल्लेख गर्दै उनले इण्डियन र नेपाली आलुको नमुना देखाईदिन सरकारसंग आग्रह गरे । उनले भने “ नेपाली आलु कस्तो हुन्छ इण्डियन आलु कस्तो हुन्छ नेक्ट बैठकमा मलाई देखाईदिन म अनुरोध गर्छु । र मधेसको व्यापार यस किसिमबाट रोक्नु हँुदैन । ”

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.