×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्रीलाई बालेनले हाने ‘शब्द वाण’

९ फाल्गुन २०८१

९ फागुन , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारकै अवस्थामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सरकारप्रति कडा टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीलाई सम्वोधन गर्दै लेखेका छन्, “अमेरिकाले भ्रष्ट भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन।

मलाई मेयर हो भनेर बिर्सिनुस, नेपाली भएर बाँच्ने आधार त दिनुस?“ उनको यो भनाइले अहिले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ। बालेनले नेपाललाई लिएर अन्तर्राष्ट्रिय धारणा र सरकारको कमजोरीप्रति संकेत गर्दै सरकारलाई गम्भीर प्रश्न उठाएका छन्।

‘प्यारा प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, भारतले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन । मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस,’ उनले फेसबुकमा लेखेका छन् । यसअघि पनि उनले विभिन्न विषयमा खुलेर आफ्ना विचार राख्दै सरकारको आलोचना गर्दै आएका छन्।

राजनीतिक वृत्तमा यो पोस्टलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेका छन्। कतिपयले बालेनको भनाइलाई सत्यतर्फको इंगित मानिरहेका छन् भने केहीले उनलाई अनावश्यक रूपमा सरकारमाथि हमला गरेको आरोप लगाएका छन्।

अब सरकार वा प्रधानमन्त्रीको तर्फबाट यसबारे कुनै प्रतिक्रिया आउँछ वा आउँदैन भन्ने चासो सबैलाई छ। हालैको एक भाषणमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको सङ्घीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका थिए ।

उनले यसलाई ठगीको संज्ञा दिँदै रोकेका हुन् । मेयर शाहले यसैबारे प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् । यस्तै भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सङ्केत गर्दै उनले ‘भारतले भिकारी भनिसक्यो’ भनेको बुझ्न सकिन्छ ।

यसअघि मेयर शाहले डाइभरसिटी भिसा (डीभी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गरेका थिए । उनले बिहीबार राति सामाजिक सञ्जालमार्फत ट्रम्पसँग डीभी चिट्ठा रोकेर संसारलाई अघि बढ्न दिन आग्रह गरेका हुन् ।

बालेन र ओलीबीच नोकझोकको लामै फेहरिस्त छ । बालेन फेसबुकबाट बेलाबेला ओलीमाथि ‘स्टाटस’ प्रहार गरिरहन्छन् । यता, ओली पनि मौका पाउनसाथ बालेनलाई ‘शब्द वाण’ छाडिहाल्छन् । ओलीले बालेनमाथि पहिलोपटक सार्वजनिक रुपमा २०७९ मङ्सिर १२ मा आक्रोश पोखेका थिए ।

थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाउन खोजेपछि ओलीले सार्वजनिक मञ्चबाट पहिलोपटक बालेनको आलोचना गरे । बालेन पनि के कम ? ‘सुकुम्बासीका नाममा राजनीति नगर्नु’ भन्दै ओलीलाई स्टाटसमार्फत चेतावनी दिए ।

यही बिन्दुबाट चिसिएको ओली–बालेन सम्बन्ध अहिलेसम्म सुधार भएको छैन । यो अवधिमा बालेनले ओलीलाई लक्षित गर्दै दर्जनौँ स्टाटस लेखिसकेका छन् । ओलीले पनि त्यति नै पटक बालेनमाथि ‘शब्द वाण’ हानेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top