Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

प्रधानमन्त्रीले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

१३ माघ, भैरहवा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। भतिक पूर्वाधार विकास मन्त्री वसन्तकुमार नेम्वाङलगायतलाई साथैमा लिएर विमानस्थलको निर्माणकार्यको पछिल्लो अवस्थाका बारेमा निरीक्षण गर्दै जानकारी लिएका हुन् ।

दाङको कार्यक्रम सकेर हेलिकप्टरबाट प्रधानमन्त्री ओलि सोमबार बेलुकी भैरहवामा आएका थिए । हेलिकप्टरबाट झरेर र केहीबेर धावनमार्गको समेत निरीक्षण गरेका हुन् ।

हिउँदमा बाक्लो धुंदी लाग्दा प्राय अवरुद्ध हुने भैरहवा विमानस्थलमा अन्तराष्ट्रिय बनेसंगै नयाँ प्रविधि जडान गर्ने विषयमा प्रधानमन्त्रीले विशेष चासो दिएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.