Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीले गरे नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास

प्रधानमन्त्रीले गरे नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास

४ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको सिस्नेखोलाबाट काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास गरेका छन् ।

चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्रीले सुरुङमार्ग शिलान्यास गरेका हुन् । सडक विभाग अन्तर्गतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिएको छ ।

सुरुङमार्गको डिजाइन पनि जापान सरकारले गरेको हो ।काम थालेको साढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । यो सुरूङ करिब १५ अर्ब २५ करोडको लागतमा बन्ने बताइएको छ ।

यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिनेछ ।

उद्घाटन समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.