Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

७ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४ः २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बाेधन प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिने थापाले बताए ।

पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग बालुवाटारमा भएकाे भेटवार्ता र सरकारले विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायत लक्षित वर्गबाहेक अरुको कोरोना संक्रमणको उपचार सशुल्क गर्ने सरकारको निर्णयको आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको सम्बोधनमा यी विषय पनि समेटिने अनुमान गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.