Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीले भने- राष्ट्रपति र मेराविरुद्ध षड्यन्त्र भयो,अब तपाईंहरु कता ?

प्रधानमन्त्रीले भने- राष्ट्रपति र मेराविरुद्ध षड्यन्त्र भयो,अब तपाईंहरु कता ?

२१ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर छलफल गरेका छन् । करिब एक घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन् ।

ओलीले यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाईंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग भने,‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ, यस्तोबेलामा तपाईंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’

राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको हल्लाबाट प्रधानमन्त्री प्रभावित भएको हुन सक्ने एक मन्त्रीले आशंका गरे । उनका अनुसार त्यस्तो गलत सूचना प्रधानमन्त्रीलाई कसैले भरिदिएको हुन सक्ने उनको अभिव्यक्तिबाट झल्किन्थ्यो ।

प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, पार्वत गुरुङगायतले बोलेका थिए । मन्त्री पुनले पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने बताएका थिए । अर्का मन्त्री गुरुङ प्रधानमन्त्रीलाई हटाउन खोजे आफूहरु पनि संसदीय दलमा बहुमत र्पुयाउने बताएको ती मन्त्रीले जानकारी दिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले आवश्यक परेमा निर्णय लिन तयार हुनु भनेका थिए । अचानक प्रधानमन्त्रीको यस्तो आग्रहपछि मन्त्रीहरु निरास भएर बालुवाटारबाट फर्किएको पनि ती मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले आफूले पार्टी निर्णय नमान्ने पनि दोर्होयाएका थिए ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.