Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने नेपाल बार एसोसिएसनको माग

प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने नेपाल बार एसोसिएसनको माग

११ माघ, काठमाडौँ ।

नेपाल बार एसोसिएसनले कानुन व्यवसायीहरू र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ ।

नेपाल बारले आइतबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले कानुन व्यवसायीहरुको अपमान भएको भन्दै माफी माग्न आग्रह गरकेाे हाे ।

प्रधानमन्त्री ओलीले माघ ९ गते आफू निकट कर्मचारीहरूको भेलामा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरूप्रति लक्षित गरेर अभिव्यक्ति दिएका थिए । उनले वरिष्ठ अधिवक्ता भण्डारीप्रति लक्षित गरेर अपमानजनक भनाइ राखेको नेपाल बारको धारणा छ ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाबारे भइरहेकव सुनुवायलाई लक्षित गरेर ओलीले भनेका थिए, ‘वकिलले कुरा फिटेका फिट्यै छन् । केही वकिलहरूले एक जना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ तमासा हेर्न ।’

प्रधानमन्त्री ओलीको उक्त भनाइलाई नेपाल बारले अपमानजनक भनेको छ । विज्ञप्तिमा भनिएको छ – ‘उक्त अभिव्यक्ति संविधान, कानुन र सम्माननीय प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकूल छैन । साथै उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायी कै विरुद्ध मात्र नभएर अदालतकै मानहानी/अवहेलनाजन्य हो ।’

‘प्रधानमन्त्रीज्यूको उक्त अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति र खेद व्यक्त गर्दछ,’ नेपाल बारले माग गरेको छ, ‘उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रूपमा माफी माग्नसमेत सम्माननीय प्रधानमन्त्रीज्यूसँग जोडदार माग गर्दछौं । आइन्दा यस किसिमका अभिव्यक्तिहरू नदोहोर्‍याउन र दोहोर्‍याएमा नेपाल बार एसोसिएसनले सशक्त विरोधका कार्यक्रमहरू गर्न बाध्य हुने व्यहोरासमेत अवगत गराउँदछौं ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.