Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीले सुरु गर्ने ‘मेरो कित्ता कार्यक्रम’ के हो ?

प्रधानमन्त्रीले सुरु गर्ने ‘मेरो कित्ता कार्यक्रम’ के हो ?

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री ओलीले नयाँ बर्षमा सरकारले नयाँ नयाँ कामहरुको थालनी गर्ने बताए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो जग्गा जमिन आफु बसेकै ठाउँबाट हेर्न सक्ने गरि डिजिटल प्रविधि शुभारम्भ सरकारले गरेको बताए । उनले भने “नयाँ बर्षमा हामी नयाँ नयाँ कामहरु थालनी गर्दैछौ । मेरो कित्ता भन्ने कार्यक्रम । जो किसानहरुका लागि आफ्नै धनीपुर्जा, आफनो कित्ता, आफु बसेकै ठाउँबाट एपबाट हेर्न सक्ने गरि मेरो कित्ता कार्यक्रम सुभारम्भ हुदैछ । ” विभिन्न भूमिकामा रहेर राज्यलाई योगदान पुर्याएका र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तिहरुलाई प्रतिकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । सरकार नयाँ उत्साह र नयाँ आत्मविश्वासका साथ नया बर्षमा प्रवेश गरेको भन्दै उहाँले सुरु गरेका कार्यक्रमलाई पुरा गर्ने, अपुर्णतालाई पुरा गर्ने र नयाँ कार्यक्रमहरु सुरु गर्ने बताए ।

उनले यसैबर्ष भित्र हुम्लाको सिमिकोटलाई सडक सञ्जालसंग जोड्ने, सिलन्यास भएका ३ सय ९७ वटा अस्पतालको निर्माण कार्य अघि बढाउनुको साथै अस्पताल, विद्यालय, विश्वविद्यालय र प्राविधिक शिक्षालयको व्यापक रुपमा निर्माण गरि अघि बढ्ने स्पष्ट पारे । उनले अहिले नेपालीहरुको आत्मविश्वास र मनोबल बढेको दाबी गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.