Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीसहित चारजनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

प्रधानमन्त्रीसहित चारजनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओली, निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ ।

बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु-उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीसहित चार जनालाई आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।

अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित उजुरी दिएका हुन् । सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएर सञ्चार मन्त्री बाँस्कोटाको अडिओटेप सार्वजनिक भएपछि गत बिहीबार उनले नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । सार्वजनिक अडिओमा बाँस्कोटाले ७४ करोड कमिसन डिल गरेको दाबी गरिएको छ ।

प्रधानमन्त्री ओलीले उक्त अडिओ डेढ महिना पहिले नै सुनिसकेको दाबी गरिएको उक्त उजुरीमा प्रधानमन्त्रीले सो प्रमाण लुकाएर भष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानविन गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीसहित चारै जना सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु-उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अर्बौ भ्रष्टाचार गरेको पाइएको दाबीसहित उक्त उजुरीमा अनुसन्धान गरी मुद्दा चलाएर सजायसमेत मागिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.