×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रधानमन्त्री ओलीमा कम्युनिष्ट आचरण नै छैनः माधव नेपाल

१४ पुस, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुख भन्दा बढी दुःख दिएको बताएका छन् । मंगलबार नेकपा प्रचण्ड–माधव समूहले काठमाडौँमाआयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुख कम र दुःख बढी दिएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीमा कम्युनिष्ट आचरण नभएको भन्दै उनले अर्काको खिस्सीट्युरी गर्ने, सल्लाह तथा सामूहिकतामा विश्वास नगर्ने निरंकुश चरित्र रहेको बताए ।

प्रधानमन्त्रीओलीको प्रतिनिधि सभा विघटनको कदम आफुहरुलाई स्वीकार नभएको अध्यक्ष नेपालको भनाई छ । यो कदम राजनीतिक, जनभावनाको हिसाबले, नेकपा पार्टीको निर्णयको हिसाबले कुनैपनि रुपमाअनुपयुक्त रहेको उनको तर्क छ । प्रधानमन्त्री ओलीले पार्टीको निर्णय समेत नमानेको कारण पार्टी अध्यक्षबाट हटाएको तर सुध्रिनु हुन्छ कि भनि हालसम्म पार्टी सदस्यबाट भने कारबाही नगरिएको अध्यक्ष नेपालले बताए । केपी प्रवृतिको नास गराउनुपर्ने बेलाआएको भन्दै यसका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्ति एक भएर हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए । प्रतिनिधि सभा विघटन भएको अवस्थामा सरकार काम चलाउ हुने भएपनि सरकारले हालसम्म कामचलाउ भएको घोषणा नगरेको उनको भनाई छ । ओली पक्षले विभिन्न लोभ, लालचमा मानिसहरु तान्ने प्रयास गरेको भएपनि बालुवाटारको गुटको भेला भएको र आफुहरु आधिकारीक रहेको बताए ।

उनले इतिहासको पांग्रा पछाडी धकेल्न खोजिएको भन्दै नेपालको इतिहास पछाडी जान नसक्ने बताए । प्रतिनिधि सभाको पुर्नवहाली गराउन सबै राजनीतिकदल एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top