Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्री देउवाले ल्याउलान् त भारतसँगको सम्बन्धमा सुधार ?

प्रधानमन्त्री देउवाले ल्याउलान् त भारतसँगको सम्बन्धमा सुधार ?

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने उद्घोष गरिसकेका छन् । प्रधानमन्त्री भएपछि ३ साउनमा संसद्मा बोल्दै देउवाले दुई छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध स्थापित गर्ने बताएका थिए ।

देउवालाई लामो समयदेखि भारतसँग बिग्रिएको सम्बन्ध सुधार र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती छ । दुई छिमेकी मुलुकमध्ये भारतसँग लामो समयदेखि सीमा, पारवहान, पानीको विवादलगायत दर्जनौँ समस्या छन् । यी विवाद देउवा नेतृत्वको सरकारले कूटनीतिक वार्ताबाट कसरी हल गर्न सक्ला भन्ने विषय सबैको चासोमा परेको छ ।

त्यसो त नेपालको राजनीति नजिकबाट नियालिरहेको भारतका प्रधानमन्त्री मोदीले देउवालाई संसद्बाट विश्वासको मत पाएपछि मात्रै बधाई तथा शुभकामना दिए । यसअघि प्रधानमन्त्री देउवालाई नेपालमा स्थानीय तह र संघीय चुनाव सफलतापूर्वक गराएकोमा मोदीले बधाई दिएका थिए ।

यसबीचमा भारतका प्रधानमन्त्री मोदीले सुरुमा सामाजिक सञ्जालमार्फत र पछि टेलिफोन गरेर देउवालाई बधाई मात्रै दिएका छैनन् कोरोना भाइरसविरुद्ध लड्न सहकार्यका लागि भारत तयार रहेको सन्देश पनि दिएका छन् । मोदीले टेलिफोन कुराकानीमा नेपाललाई चाँडै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासनसमेत दिएका छन् । यो आश्वासन कति पूरा हुन्छ त्यो आगामी दिनले देखाउनेछ । यसअघि ओली सरकारले भारतसँग खोप खरिद गर्दासमेत भारतले खोप उपलब्ध गराएको छैन । भारतसँग खरिद गरेको कोभिसिल्ड खोप नआउँदा अझै पनि ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाइरहेका छैनन् । नेपाललाई अहिले थप खोप आवश्यक छ । तर, समयमा खोप उपलब्ध नहुँदा नागरिक समस्यामा छन् । भारतबाट खोप ल्याउन प्रधानमन्त्री देउवाको भूमिका महत्वपूर्ण रहन्छ ।,यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.