×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रधानमन्त्री नामकै बदनाम गर्ने रोजगार कार्यक्रम

४ बैशाख २०८२

४ वैशाख , काठमाण्डौ ।
देशमा प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मका नाममा अनेकौं रोजगार कार्यक्रम घोषणा गरिएका छन् । तर कार्यान्वयनको अवस्था हेर्ने हो भने तिनले कार्यकारीहरुको नामकै धज्जी उडाउने खालका बन्न पुगेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको अवस्था झनै बिजोग देखिएको छ । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम उद्देश्यअनुरुप चल्न नसक्दा यसको औचित्यमाथि प्रश्न उठ्न थालेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयका अनुसार यो वर्ष रोजगारीको आशमा करिव ८ लाखले आवेदन दिएका थिए । अहिलेसम्म ७ हजार ५ सयले मात्रै रोजगारी पाएका छन् । लाखौंको अवेदन पर्दा न्युन संख्यामा रोजगारी दिन सरकारले थालेपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठेको हो ।

बेरोजगार व्यक्तिलाई न्युनतम रोजगारीको प्रत्याभुति गर्न आवश्यक रोजगार सेवा र सहायता प्रदान गर्ने, दक्ष तथा सक्षम जनशक्ति विकास गरी आन्तरिक रोजगारीको प्रवद्र्धन र बिस्तार गर्ने, सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रहरु बीचको समन्वय र सहकार्यमा थप रोजगारीका अवसर सिर्जना गर्ने, आन्तरिक रोजगारी सिर्जनाका लागि आवश्यक नीतिगत र संरचनात्मक व्यवस्था गर्ने, सार्वजनिक पूर्वाधारहरुको निर्माण, स्तरोन्नति र बिस्तारमा योगदान गर्ने र आन्तरिक रोजगार सिर्जना सम्बन्धी अध्ययन अनुसन्धान गरी रोजगारीका नयाँ क्षेत्रहरुको पहिचान गर्ने उद्देश्यले यो कार्यक्रमको सुरुआत ओलीले गरेका थिए ।

तर उद्येश्य एकातिर नतिजा अर्कोतिर देखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा लाखौंलाई सरकारले फर्म भराएर रोजगारी दिन सकेको छैन । यसवर्ष ७४३ ओटा स्थानीय तहले बेरोजगारहरुको सूची दर्ता गरेका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाउन सरकारले विश्व बैंकसँग ऋण समेत लिएको थियो । यही कार्यक्रम अन्तर्गत युवा रोजगारी प्रवद्धर्न गर्ने भन्दै रुपान्तरण पहल परियोजनाका लागि १३ अर्ब ६२ करोड रुपैयाँ अर्थात १ सय २० मिलियन अमेरिकी डलर ऋण लिइएको थियो ।

यो ऋण सकिनै लाग्दा पनि अहिलेसम्म कार्यक्रम कार्यान्वयनको अवस्था राम्रो देखिँदैन । यसबीच प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष बजेट घटाइएकाले पनि कम रोजगारी सिर्जना भइरहेको राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले बताउछन् ।

उनले भन्नुभयो– ‘यो वर्षको बजेट अनुसार सुचीकृत धेरै भएपनि ६० हजारसम्मलाई रोजगारी दिने लक्ष्य छ । सूचिकृत भए जतिले रोजगारी पाउँदैनन् । यसवर्ष बजेट पनि कम छ । ४ अर्ब ५ करोड विश्व बैंकको ऋण खर्च गर्दैछौं । त्यसबाट तालिमका कार्यक्रमहरु पनि चल्दैछन । सरकारले २ अर्ब ४ करोड बजेट दिएको छ । यसबाट पनि रोजगारी सिर्जना गराइनेछ ।’

घिमिरेका अनुसार रोजगारी सिर्जना गरेर तलब भुक्तानी भइसकेपछि मात्रै रोजगारी प्राप्त गर्नेको विवरण संकलन गरिने गरिएको छ । त्यसैले अहिले रोजगारी पाउनेको संख्यामा कमी देखिएको हो । त्यसो त कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि प्रधानमन्त्री रोजगार कार्यक्रमको सिको गर्दै मुख्यमन्त्री रोजगार कार्यक्रम सुरु गरेको थियो ।

कर्णाली प्रदेशका बेरोजगार तथा कोभिडबाट प्रभावित युवालाई स्थानीयस्तरमा रोजगारी सृजना गर्न, आयआर्जनका क्रियाकलाप सञ्चालन गर्न र सामुदायिक पूर्वाधार निर्माण कार्यमा संलग्न गराई गरिबी निवारणमा योगदान पुर्याउन कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम अघि बढाइएको थियो ।

कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि भने २०७८ सालमा बनाइयो । चालु आर्थिक वर्षमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १५ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रमबाट चालु आर्थिक वर्षको अहिलेसम्म कतिले रोजगारी पाए त्यसको समेत यकिङ हिसाव राख्न मुख्यमन्त्री कार्यालयले सकेको छैन ।

चालु वर्षमा आयोजनाहरुमा छुट्टाइएको बजेटको ५० प्रतिशत भन्दा बढी परिश्रमिकमा खर्च हुने गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम सुर्खेतका प्रशासकीय अधिकृत नविन ढकालले जानकारी दिए ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका प्रशासकीय अधिकृत नविन ढकालले भने– ‘यो वर्ष स्थानीय तहमार्फत बजेट खर्च भइरहेको छ । आयोजनाहरुमा छुट्टाइएको आधा भन्दा बढी बजेट पारिश्रमीकमा खर्च गर्नू भनेका छौं ।’

उनकाअनुसार अहिलेसम्म कतिले रोजगारी पाए भन्ने सन्दर्भमा आर्थिक वर्षको अन्त्यसम्म तथ्यांक आउनसक्ने सम्भावना छ । अहिले स्थानीय तहमार्फत परियोजना कार्यान्वयन हुने क्रम चलिरहेको छ । यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कार्यविधि संशोधनको काम समेत चलिरहेको ढकालले जनाए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top