×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री भाषण जनताले पत्याउन छाडे : नेता अर्याल

विराटनगर, माघ २०
काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण प्रधानमन्त्रीमाथि नै विश्वसनीयता घट्दै गाएको आरोप लगाएका छन् ।

उनले अब प्रधानमन्त्रीको कुन जोक आउला भनेर जनता पर्खनु पर्ने अवस्था सिर्जना भएको बताउँदै उनले भने ‘निकै हल्का ढंगले आउने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि विश्वास घट्दै गएको छ ।’

अर्यालले रेल पानी जहाज जस्ता विषयलाई चाहिने भन्दा बढी उचाल्ने र प्रतिपक्षीको विषयमा दिने गरेको अभिव्यक्तिका कारण प्रधानमन्त्रीको भनाइमाथि विश्वास घट्न पुगेको बताए ।

नेपाल प्रेस युनियन मोरङको नियमित बहस श्रृखंला नेतृत्वसँग प्रेस युनियन अन्तरसम्वाद कार्यक्रममा आइतबार बोल्दै अर्यालले सरकारको गतिविधि हेर्दा विकासको उल्टो गतिमा अघि बढेको बताए । उनले भने ‘चुनावका बेला भएका साना गल्तीले काँग्रेस प्रतिपक्षमा पुगेको हो तर यो भन्दैमा सम्पूर्ण रुपमा काँग्रेस सकिएको होइन ।’

नेता अर्यालले महासमिति बैठकपछि काँग्रेसको विधान संशोधन भई अब पार्टी संघीय स्वरुपमा जाँदा थप लोकतान्कि बन्न पुगेको अर्यालको भनाइ थियो । धेरै पदाधिकारी निर्वाचित भएर आउनु पर्ने व्यवस्थाका कारण पनि काँग्रेस अब नयाँ ढंगले अघि बढ्ने बताउँदै अर्यालले पार्टीभित्र सानातिना विवाद भएपनि यो क्रमशः समाधान हुँदै जाने दाबी गरे ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top