×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री रोजगारको ८५ लाख रुपैयाँ फिर्ता पठाउँदै महानगर

२६ असार २०७६

विराटनगर: प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत संघीय सरकारले पठाएको रकम विराटनगर महानगरपालिकाले काम नगरी फिर्ता पठाएको छ । रोजगार कार्यक्रमका लागि महानगरमा आएको एक करोड रकम मध्ये महानगरले करिब ८५ लाख रुपैयाँ काम नगरी फिर्ता पठाएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत महानगरपालिकामा १६ सयले बेरोजगारीको फारम भरेका छन् । केन्द्रले पठाएको रकमले ४ सय ५० जनालाई एक महिना रोजगारी दिन सकिन्थ्यो । तर महानगरपालिकाले ९१ जनालाई मात्र रोजगारी दिएको छ ।

रोजगारी पाएकाहरु मध्ये केहीले बीचमा नै जागिर छाडेका छन् । महानगरपालिकाका रोजगार संयोजक दिनेशकुमार साहका अनुसार १९ वटा वडामा ९१ जनालाई रोजगारी दिइको थियो । तर ती मध्ये केहीले जागिर छाडेका हुन् ।

महानगरपालिकाले वडा नम्बर १४ मा वृक्षारोपण, ८,९ र १० मा ढल जडानमा प्रयोग गरिएको थियो र महानगरले सबै वडाबाट ३–३ जनालाई तथ्याङ्क संकलन गर्न प्रयोग गरिएको थियो ।

महानगरले सिप बिनाका मजदुरलाई न्यूनतम ५१७ रुपैयाँ र सीप भएका मजदुरलाई ६०० सयका दरले पारिश्रमिक दिएका थिए । रोजगार कार्यक्रम अन्तरगत नियुक्ति पाएकाले एक महिनाको काम सकेका छन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top