×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

२१ फाल्गुन २०८१

२१ फागुन , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो भनेर प्रश्न गर्ने दुई पत्रकारको पास निलम्बन गरिएको छ । सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेको हो।

गत फागुन ४ गते ती पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए। सचिवालयको महासचिवस्तरीय निर्णयबाट ’सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ।

ती पत्रकारहरूले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको देखिएको सचिवालयको भनाइ छ। पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र पत्रकारिता गर्नुपर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने सामग्री उत्पार्दन, प्रकाशन र वितरण गर्न नहुने उल्लेख रहे पनि श्रेष्ठ र वलीले पत्रकारिताका आधारभूत मूल्यमान्यता विपरित अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता विशेषण प्रयोग गरेको सचिवालयको भनाइ छ।

ती पत्रकारहरूलाई मिडिया सेन्टरसम्म जानका लागि दिइएको पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ। सचिवालयले तानाशाह भन्ने युवा मन नेपालका श्रेष्ठ र हिटलर भन्ने सुनौलो नेपालका प्रकाश ओली रहेको पत्ता लगाएर उनीहरूलाई एक महिना संसद प्रवेशमा रोक लगाएको हो।

पत्रकारले प्रश्न सोधेकै आधारमा उनीहरुको पास नै निलम्बन गरिएपछि यो विषय संसदमा समेत उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई के तपाईं हिटलर बन्दै हो भन्दै प्रश्न गरेका छन्।

बैठकमा बोल्दै सांसद खनालले प्रधानमन्त्रीलाई के तपाईं हिटलर हो भनेर प्रश्न सोधेकै भरमा संसद छिर्ने पास निलम्बन गरेको भन्दै आपत्ति जनाएका हुन्। ‘के तपाईं हिटलर हो? भनेर प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास संघीय संसदले निलम्बन गरेछ।

केही दिन अगाडि यही सत्तापक्षका माननीयले निर्वाचन जितेर आएको मानिस पनि हिटलर हुनसक्छ र भनेर प्रश्न सोध्नुभएको थियो। संसद सचिवालयलाई सचेत गराउनुभएको थियो। आज निलम्बनको खबर आयो,’ उनले भने।

प्रधानमन्त्रीलाई तपाईं हिटलर बन्दै हो भनेर सञ्चारकर्मीले प्रश्न सोधेको भन्दै नेकपा (एमाले) का सांसद सूर्य थापाले संसदमा प्रश्न उठाएका थिए। उनले चुनाव जितेर आएको प्रधानमन्त्रीलाई हिटलर बन्न लागेको हो भनेर प्रश्न सोधेकोसमेत बताएका थिए।

रास्वपा सांसद खनालले संसद निरन्तर सत्ताको छाया बन्दै गएको आरोप लगाए। उनले सन् १९३० को जर्मनीको इतिहास पढ्न पनि सुझाव दिए। ‘हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए। जतिबेला उनी सरकारमा गएर लोकतान्त्रिक अधिकार कटौती गरे,निरंकुश बने,’ उनले भने।

अहिलेको सरकारले पनि त्यही अभ्यास गरिरहेको सांसद खनालले बताए। ‘खुलामञ्चमा फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मानिस कुटिन्छ, कि जेल हालिन्छ ।

अब मेरो पनि प्रश्न के प्रधानमन्त्रीज्यू तपाईं हिटलर बन्दै हो?,’ उनको प्रश्न थियो।यस्तै रास्वपाकै हरि ढकालले समेत पत्रकारहरुको पास निलम्बन गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । यस्तै रास्वपाकै शिव नेपालीले लोकतान्त्रिक नेपालका प्रधानमन्त्रीलाई प्रश्न मन नपर्ने भन्दै कवितात्मक शैलीमा उनले ब्यङ्ग गरेका छन् ।

उनले भनेका छन् लोकतन्त्रको आधारभूत सिद्धान्त हो वाक स्वतन्त्रता तर यो लोकतान्त्रिक नेपालको प्रधानमन्त्रीलाई लोकतन्त्र मनपर्दैन । किन कि उहाँ र उहाँको दललाई प्रश्न मन पर्दैन । प्रधानमन्त्रीलाई प्रश्न सोध्दा संसदीय व्यवस्थाको रिपोर्टिङ गर्ने २ पत्रकारको अनुमति पत्र खारेज गरिन्छ ।

किन कि उहाँलाई प्रश्न मन पर्दैन । केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शकलाई पिट्छन् खेध्छन् यदि केही गलत थियो भने प्रहरी छन् कानून छ के कार्यकर्ताले पिट्ने नै उपाय हो ? पिटिरहेका छन् किन कि एमालेलाई प्रश्न मन पर्दैन ।

एडोल्फ हिटलर १८८९ देखि १९४५सम्म जर्मनीको एक तानाशाह नेता थिए, जसले दोस्रो विश्वयुद्धको सुरुवात गरे र लाखौं निर्दोष मानिसहरूको हत्या गराए । उनी नाजी पार्टीका नेता तथा जर्मनीका चान्सलर थिए।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top