×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रभु बैंकका सीईओ न्यौपानेसहित ११ पक्राउ, के हो कसुर ?

१५ फाल्गुन २०८०

१५ फागुन, काठमाण्डौ ।

तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् । सेन्चुरी बैंकबाट ऋण प्रवाह गर्दा अनियमितताको आरोप उनीहरुमाथि लागेको छ । सबै तत्कालीन बैंकका कर्मचारी भएको प्रहरीले जनाएको छ । न्यौपाने २०७८ असारदेखि सेन्चुरीको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सेन्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ । उक्त बैंकमा मनोज न्यौपाने अहिले वरिष्ठ डेपुटी सीइओका रुपमा कार्यरत छन् । उनी पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका भान्जा हुन् । यस्तै पक्राउ पर्ने अन्यमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ रहेका छन् ।

तुलसी गौतम पनि सेन्चुरीका पूर्व सीईओ हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सेन्चुरी बैंकका तत्कालीन सीइओ न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ । प्रहरीले ऋण प्रवाह अनियमितता आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोग उनीहरुमाथि लागेको हो । सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् । बैंकका कर्मचारीको मिलोमतोमा एक अर्ब रुपैंयाको ओभर भ्यालुएसन मा रिण प्रवाह भएको प्रहरीको अनुशन्धानमा देखिएको छ ।

सीआईबीले गरेको अनुशन्धान अनुसार प्रवाह भएको रिणमध्ये ९९ करोड १९ लाख रुपैंया धितोले खाम्नेभन्दा बढी अर्थात ओभर भ्यालुएसन भएको देखिएको हो । २०७७ सालमा बैंकलले देउराली सहकारी मार्फत रिण प्रवाह गरेको थियो र देउराली सहकारीका संचालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको आरोपमा संलग्न कर्मचारीहरुलाई पक्राउ गरिएको हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top