×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रसाईँलाई नजरबन्दको डर,५५ सय प्रहरी थप,¥याली एस्कोर्टिङ

१४ चैत्र २०८१

१५ चैत , काठमाण्डौ ।

राजावादीहरू सडक प्रदर्शनमा सक्रिय भएपछि समाजवादी मोर्चाले पनि काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । यी प्रदर्शनमा सुरक्षा संवेदनशीलता ख्याल गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसैबीच राजावादीहरुकातर्फबाट आजको प्रदर्शनको ‘कमाण्डर’ रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूहरूको सक्रियता देखेर सरकार अतालिएको र आफूलाई नजरबन्द गर्ने योजना बनाइरहेको दाबी गरेका छन् ।

तर पनि आफू नडराउने र आजको प्रदर्शनमा सशक्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । ‘सरकार अतालिएको छ, मलाई नजरबन्द गर्ने सम्मको योजना बुन्दै छ । म डराउँदिन, भाग्ने छैन, वचलित हुने छैन ।

तपाईंहरू पनि ऊर्जावान् भएर यो आन्दोलनमा सहभागिताका लागि सादर अनुरोध गर्दछु’, प्रसाईंले भनेका छन् । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले बिहीबार अपिल जारी गरी चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने, १७ गते थप आन्दोलनको घोषणा गर्ने र २१ गतेदेखि सशक्त प्रदर्शन गर्ने जनाएको छ ।

यता राजावादीहरुलाई काउन्टर दिन समाजवादी मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

पुराना पञ्च नेता नवराज सुवेदी र दुर्गा प्रसाईँ नेतृत्वमा राजतन्त्र पक्षधरहरूले प्रर्दशन गर्न लागेका हुन् भने पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा गणतन्त्र पक्षधरको प्रदर्शन हुन लागेको हो ।

राजतन्त्र पक्षधरले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई पुनःस्थापना गर्नुपर्ने मागसहित आन्दोलन चर्काउन थालेका छन् । त्यही क्रममा सुवेदी नेतृत्वमा तेस्रा जनआन्दोलन संयोजन समिति बनाएका हुन् ।

उक्त समितिको ब्यानरमा आन्दोलन अगाडि बढाउन थालेपछि प्रचण्ड, नेपाल र विप्लवसहितका समाजवादी मोर्चाले काउन्टर प्रदर्शन गरेको हो । खासगरी २५ फागुनमा राजतन्त्र पक्षधरले गरेको प्रदर्शनको विरोधमा मोर्चाले आज प्रदर्शन गर्ने निर्णय लिएको थियो ।

तर, आजको गणतन्त्र पक्षधरहरूको प्रदर्शनलाई काउन्टर गर्न सुवेदी नेतृत्वको समितिले आजै अर्को प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसैले आज गणतन्त्रपक्षधर र राजतन्त्र पक्षधर सडकमा आमनेसामने हुने भएका छन् ।

सरकारले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नका लागि राजतन्त्र पक्षधरलाई स्थान उपलब्ध गराएको छ भने गणतन्त्र पक्षधरहरूले पहिला नै भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेका थिए । गणतन्त्र पक्षधरले प्रर्दशनीमार्गको सडकमा नै मन्च बनाएका छन् ।

राजतन्त्र पक्षधर भनिएका राप्रपा, राप्रपा नेपालसहित विभिन्न समूहले पनि साथ दिएका छन् । यता मोर्चाका प्रदर्शनलाई पनि एमाले महासचिव शंकर पोखरेलले पनि प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले गणतन्त्र पक्षधरको आन्दोलनमा समर्थन जनाएका हुन् । यद्यपी, कांग्रेस भने अझै मौन देखिएको छ ।

काठमाडौंमा आज हुने प्रदर्शनलाई लक्षित गरेर सुरक्षा निकायले ४५ सय प्रहरीलाई फिल्डमा परिचालन गरेको छ । साथै, आजको जुलुश, सभाको लागि १२ सयभन्दा बढी प्रहरीलाई हाई अलर्टमा राखिएको छ ।

जुलुस र सभालाई निगरानी गर्न ड्रोन र सीसीक्यामेरा पनि प्रयोग गरिदैँछ । क्यामेरा र ड्रोनबाट निगरानी गरिने भएकोले कुनै अभद्र व्यवहार भएमा वा प्रदर्शन भड्किएमा तत्कालन सुरक्षाकर्मी परिचालन गर्न सहज बनाउन खोजिएको सुरक्षा निकायले उल्लेख गरेको छ ।

तिनकुने र भृकुटी मण्डपमा हुने प्रदर्शनलाई एकअर्कावीच भेट नहुने अवस्था बनाउन खोजिएको छ । राजतन्त्र पक्षधरहरूले आन्दोलन भड्काउन खोज्ने संभावना भएकोले गणतन्त्र पक्षधरहरू संयमित हुनुपर्ने आवाज उठिरहेको छ ।

आजका लागि नियमित टोलीबाहेक ३ हजार ५ सय नेपाल प्रहरी र २ हजार सशस्त्र प्रहरी थप गरिएको छ । राजावादी र समाजवादीको मुठभेड हुन नदिन जिल्ला सुरक्षा समितिको बैठकले छुट्टाछुट्टै स्थानमा कार्यक्रमस्थल तोकेको छ ।

समाजवादी मोर्चाको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीको तीनकुनेमा कार्यक्रम हुने छ । त्यहाँसम्म पुग्नका लागि पनि छुट्टाछुट्टै रुटको प्रयोग गराइने भएको छ । दुई टोली भेट हुन नदिनका लागि समाजवादी मोर्चाको रिङरोडभित्रबाट ¥याली सुरु तय भएको छ ।

४ दलका सबैतिरका ¥याली रिङरोडभित्रबाट सुरु भएर प्रदर्शनीमार्गमा पुग्ने छन् । हरेक टोलीलाई प्रहरीले एस्कोर्टिङसहित कार्यक्रमस्थलसम्म पु¥याउने छ । दुई टोली भेट हुन नदिनका लागि गस्ती र पेट्रोलिङ बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बताएको छ ।

यस्तै सशस्त्र प्रहरीले पनि शुक्रबारको कार्यक्रमका लागि २ हजार जनशक्ति परिचालन गर्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिएका छन् ।

कार्यक्रमस्थलमा लठ्ठी लिएर आउन नपाइने, अवाञ्छित गतिविधि गर्न नपाउने, निषेधित क्षेत्र तोड्न नपाउने, तोकिएका रुट प्रयोग गर्ने र त्यसलाई अवज्ञा गरे त्यही अनुसारको तयारी गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top