×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रस्तावित राजदूत खतिवडामाथि एमसीसी देखि एनसेलसम्मका प्रश्न

२७ कार्तिक २०७७

२७ कात्तिक, काठमाडौँ ।
अमेरिकाकालागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाको सुनुवाईमा सांसदहरुले एमसीसी, क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरण, एनसेल, स्वेतपत्र लगायतका विषय उठाउँदै प्रश्न गरेका छन् । संघीय संसदको संसदीय सुनुवाई समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले अर्थमन्त्री खतिवडाले विगतमा गरेका कामहरुलाई लिएर कडा प्रश्न गरेका हुन् ।

सुनुवाइका क्रममा नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री भएको बेला एमसिसी पारित गराउन भूमिका खेल्न नसक्नेले राजदूत भएर कसरी भूमिका खेल्नुहुन्छ भन्दै प्रश्न गरे । यस्तै डा. खतिवडा अर्थमन्त्री भएलगत्तै ल्याएको स्वेतपत्रमा अर्थतन्त्रको अवस्था कमजोर देखाइएको भन्दै पाण्डेले प्रश्न गरे । देशमा उच्च आर्थिक वृद्धि भएको अवस्थामा अर्थतन्त्र कोल्याप्स हुन लागेको जस्तो स्वेत पत्रजारी गर्नु अनुचित भएको बताए । यस्तै क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणको सम्बन्धमा समेत सांसद पाण्डेले स्पष्ट पार्न आग्रह गरेका थिए । त्यसबाहेक एनसेल प्रकरणमा सर्वोच्च अदालतको फैसलाको बारेमा केही मुद्दा चलेको भन्ने सुनिएको र त्यसमा अर्थमन्त्री हुँदा मुद्दाको प्रतिवादी नलगाउन निर्देशन दिएको भन्ने प्रश्न उठेको भन्दै स्पष्ट पार्न सांसद पाण्डेले आग्रह गरे ।

नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द ्रबहादुर कार्कीले डा. खतिवडा अर्थमन्त्री हुने वित्तीकै ल्याएको स्वेत पत्रलाई लालपत्रको संज्ञा दिए । उनले स्वेतपत्र प्रस्तुत गरेर आफ्नै विश्वसनियतामाथि प्रश्न उठाउने काम गरेको बताए ।

सुनुवाईमा नेपाली कांग्रेसकी सांसद पुस्पाभुषालले डा. खतिवडा अर्थमन्त्री भएपछि धेरै गलत निर्णयहरु गरेको बताइन् । विद्युतीय मोटर र पुस्तकमा कर बढाउने र चक्लेटमा घटाउने काम गरेको र अर्थमन्त्रीबाट हट्ने वित्तीकै सरकारले नै त्यसलाई उल्ट्याउने निर्णयले डा. खतिवडाका निर्णयहरु गलत थिए भन्ने पुष्टि भएको उनले बताइन् । राजदूत भएर एमसीसीको प्रक्रिया अगाडि बढाउन भूमिका खेल्ने आधार स्पष्ट पार्न समेत आग्रह गरिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शिवकुमार मंडलले अर्थमन्त्री भएको बेला आफ्नै नातेदारले चक्लेटजन्य वस्तुहरु आयात गर्ने व्यवसाय गर्ने भएकाले कर घटाइदिएको आरोप लागेको भन्दै स्पष्ट पार्न आग्रह गरे ।

नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले डा. खतिवडालाई राजदूत नियुक्त गरेर प्रधानमन्त्री ओली चुक्नुभएको बताए । देशलाई आवश्यक पर्ने व्यक्ति देशभित्रै बसेर काम गर्नपर्नेमा राजदूत बनेर अमेरिका पुग्नु व्यक्तिगत स्वार्थको लागिमात्रै हुने उनले बताए । नेपाली कांग्रेसका अर्का सांसद भिमसेनदास प्रधानले डा. खतिवडालाई जहिले पनि पद चाहिने गरेको आरोप लगाए । आर्यघाट नपुग्दासम्म पदमै बसिरहनुपर्ने प्रवृतिले देशको विकासमा बाधा पुगेको उनको भनाई छ ।

सुनुवाईमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्र प्रसाद श्रेष्ठले क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणमा डा. खतिवडा गभर्नर भएको बेला मतियारको रुपमा काम गरेको आरोप लगाए । तत्कालिन समयमा बैंकिङ कसुर अनुरुप कारबाही हुनुपर्ने व्यक्तिहरुलाई कारबाही गर्न डा. खतिवडाले उपयुक्त कारबाही चलाउन नसकेको सन्दर्भमा प्रश्न गरे ।

सांसदहरुको प्रश्नको जवाफमा पूर्व अर्थमन्त्री एवं अमेरिकाकालागि प्रस्तावित राजदूत डा. खतिवडाले अहिलेपनि अर्थतन्त्र सही ठाउँमा नरहेको बताए । उनले देशको राजस्व र खर्चप्रणाली चापमा रहेको र सबै बजेट खर्च गर्नेहो भने स्रोतमा चाप पर्न सक्ने स्थिति अहिले पनि रहेको बताए । उनले आफुले स्वेतपत्रमा उल्लेख भएका समस्याहरु अहिलेपनि रहेको तर केही हदसम्म आफुले सुधार गरेको दावी गरे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top