×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रहरीका भान्सामा ग्यास हटाएर इन्डक्सन चुलो राख्ने तयारी

९ मंसिर २०७८

९ मंसिर, काठमाडौँ ।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भान्सामा एलपी ग्यास हटाएर विद्युतीय चुलो राख्ने प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग छलफल गर्दै ग्यासलाई इन्डक्सनले विस्थापित गर्ने कार्ययोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउन भनेको हो ।

बुधबारको छलफलमा सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, नेपाल प्रहरीका एसएसपी फणिन्द्र बराल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए । छलफलका क्रममा विद्युत् खपत तथा वातावरण संरक्षणका लागि स्वच्छ ऊर्जाको प्रयोग बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा कसरी विद्युतीय उपकरणको प्रयोग बढाउन सकिन्छ भनेर राय सुझाव लिइएको थियो ।

अहिले सुरक्षा निकायका भान्सामा दाउरा विस्थापन गरी ग्यास प्रयोग हुँदै आएको छ । बुधबार मन्त्रालयसँगको छलफलका क्रममा सशस्त्र प्रहरीको भान्सामा वार्षिक १० करोड रुपैयाँ र नेपाल प्रहरीको भान्सामा वार्षिक ५० करोड रुपैयाँ बराबर ग्यासमा खर्च हुने गरेको विवरण बुझाइएको छ ।

इन्डक्सन चुलो किन्नका लागि कुनै बजेट शीर्षकबाट गृह मन्त्रालयले ५० प्रतिशत अनुदान उपलब्ध गराउन सकिनेबारे पनि छलफल भएको ऊर्जामन्त्री पम्फा भुसालको सचिवालय स्रोतले जनाएकाे छ  । सुरक्षा निकायमा खपत हुने ग्यासलाई विद्युतले कसरी प्रतिस्थापन गर्न सकिन्छ भनेर विस्तृत अध्ययनसहितको सुझाव दिनका लागि कार्यदल गठन गर्ने निर्णय मन्त्रालयले गरेको छ । उक्त कार्यदलमा गृह, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सुरक्षा निकायको प्रतिनिधित्व हुने जनाइएकाे छ ।

ग्यासलाई इन्डक्सनले प्रतिस्थापन गर्ने विषयमा मन्त्रालयले नेपाली सेनासँग पनि छलफल गर्ने तयारी गरेको छ  ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top