×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रहरीको आँखा छल्न नरेशले यतिसम्म गरे

१४ भाद्र २०८१

१४ भदौ ,  काठमाण्डौ ।
काभ्रेको पनौती माइती र कञ्चनपुर घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी ममता काफ्ले भट्टलाई आफन्तजनले खोज्न थालेको एक महिना बितिसक्यो । एक वर्षे बालिकाकी आमा र पेसाले नर्स रहेकी ममतालाई अमेरिकन प्रहरीले पनि पछिल्लो केही सातायता खोजिरहेको छ । तर, उनलाई न परिवार–आफन्तजनले भेट्न सकेका छन्, न त प्रहरीले नै फेला पारेको छ ।

ममताको वीभत्स हत्या गरेर शव लुकाएको आरोपमा प्रहरीले उनका पति नरेश भट्टमाथि अदालतमा मुद्दा चलाएर अनुसन्धान प्रक्रियालाई तीव्र पारेको छ । घरभित्रै मारेर शव बाहिर लुकाएको भन्दै ३७ वर्षीय भट्टलाई हिरासतमा राखेर ममतालाई खोजिरहेको छ । ममता ज्युँदो भेटिने सम्भावना त्यागिसकेको प्रहरीले मृतावस्थामा भए उनको शव फेला पार्न अनेक प्रयास गरिरहेको छ ।

मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोले मंगलबार रिपोर्टरसँगको कुराकानीमा ममताको जीवित फेला पार्ने सम्भावना सकिएको बताएका छन् । तथापि, खोजी कार्यलाई टुंगोमै पु¥याएर छोड्ने उनको भनाइ छ । बिहीबार बिहान भर्जिनिया अदालतमा प्रहरीले भट्टलाई उपस्थित गराएको थियो, जहाँ उनले हत्या अस्वीकार गर्दै बरु आफू उल्टै पीडित रहेको पटक–पटक दोहो¥याएका थिए ।

सिएनएनका अनुसार कोर्टले ममता हत्या प्रकरण ग्रान्ड ज्युरीलाई नै सुम्पिने निर्णय लिएको छ, अब उसले अभियोग जारी गर्ने सम्भावित कारण भए–नभएको भनेर निर्क्यौल गर्ने छ । ममता काफ्लेको शव लुकाएको मुद्दामा पक्राउ परेका श्रीमान् नरेश भट्टको मोशन अदालतले स्वीकार गरेको छ । अक्टोबर २४ मा हुने प्रारम्भिक सुनुवाइ छुट दिनका लागि नरेशले अदालतमा मोशन दायर गरेका थिए ।

बिहिबार बिहान ९ बजे भएको सुनुवाइमा अभियोजकहरूले नरेशको प्रस्तावमा विरोध नगरेपछि मोशन स्वीकृत गरिएको हो । नरेशलाई सुनुवाईका क्रममा अदालतमा उपस्थित गराइएको थियो । नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिनका लागि प्रारम्भिक सुनुवाइमा छुटको प्रस्ताव गरेको हो । मोशन स्वीकृत भएकाले अब अक्टोबर २४ मा हुने प्रारम्भिक सुनुवाई रद्द भएको छ ।

प्रारम्भिक सुनुवाई रद्द गर्दा अभियोजकहरुलाई थप प्रमाणहरु जुटाउनका लागि कम समय हुनेछ । नरेशलाई विना धरौटी हिराशतमा राखिएकाले नरेशको डिफेन्स टोलीले यसलाई रद्द गराउन चाहेका थिए । प्रारम्भिक सुनुवाइले मुद्दामा थप ध्यानाकर्षण र चर्चा समेत हुने गर्छ । सम्भवत नरेशको डिफेन्स टिम यसलाई कम गराउने रणनीतिमा रहेको छ । मुद्दा अगाडि सर्दा अभियोजन पक्षमाथि थप दवाव श्रृजना हुनसक्छ ।

प्रहरीका अनुसार गत जुलाई २७ मा ममता मनाससस्थित युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् । उनले त्यहाँको सर्जिकल युनिटमा रजिस्टर्ड नर्सका रूपमा काम गर्दै आएकी थिइन् । जुलाई २८ मा ममताले आफ्नी साथीसँग कुरा गरेकी थिइन् । सोही दिन उनले आफ्नो टिकटक अकाउन्टमा आफू र छोरीको भिडियो पोस्ट गरेकी थिइन् । ममता काफ्ले हप्ताको दुई दिन उक्त अस्पतालमा काम गर्थिन् ।

उनले अगस्ट १ र २ मा अस्पतालमा ड्युटी गर्नुपर्ने तालिका थियो । तर, उनी काममा पनि गइनन् र फोन पनि गरिनन् । ममता हराएपछि अगस्ट २ मा प्रहरी मनाससस्थित उनीहरूको घर पुगेको थियो । ममता हराएकोबारे प्रहरीले नरेशलाई सोध्दा उनले पत्नी हराएकै बेला रिपोर्ट गर्न नचाहेको सुनाएका थिए । त्यसको तीन दिनपछि ममता हराएको निवेदन पेस गरेका उनले पछिल्लोपटक ३१ जुलाईमा सँगै टेबलमा बसेर खाना खाएपछि आफूले उनी सम्पर्कमा नरहेको जनाएका थिए ।

नरेश पूर्व फायरफ्याक्स कन्ट्री प्रहरी हुन् र पूर्व अमेरिकन आर्मी पनि हुन् । त्यसपछि ५–८ अगस्टमा नरेशले अनुसन्धानमा प्रहरीलाई सघाएका थिए । ममतालाई खोज्ने साथी–आफन्तको भिडमा बसेर मिडियामार्फत् चाँडै फर्क भनेर सन्देश समेत पठाए ।

सन्देशमा उनले भनेका छन्, ‘हे ! तिमी फर्किदेऊ । म र छोरी तिमीलाई प्रत्येक सेकेन्ड, प्रतिमिनेट पर्खिरहेका छौं । यदि, तिमीले सुनिरहेकी छौं भने हामी यहाँ तिमीलाई पर्खिरहेका छौं । हामी तिमीलाई चाहन्छौं ।’

त्यसपछि विस्तारै आशंको घेरामा पर्दै गएका उनलाई प्रहरीले ममताको शव व्यवस्थापन गरेको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यता ममताका परिवारका २ सदस्य न्याय माग्दै अमेरिका पुगेका छन् । एक वर्षीया छोरीको जिम्मेवारी भने अमेरिका पुगेका उनकी हजुर आमा र मामाले लिएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top