Nepal Times
Nepal Times
3
Shares

प्रहरीको संयोजनमा विराटनगरका विद्यार्थीले पाए न्यानो कपडा

प्रहरीको संयोजनमा विराटनगरका विद्यार्थीले पाए न्यानो कपडा

१ माघ, विराटनगर ।
विभिन्न सामाजिक संघ सस्थाले जाडोको समयमा विपन्न समूदायका पीडितलाई न्यानो कपडा वितरण गरिरहेको समयमा प्रहरीले समेत जाडोबाट बच्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्न समन्वय गर्न थालेको छ ।समुदाय– प्रहरी साझेदारी अन्तर्गत बुधबार विराटनगर वडा नम्बर ६ को धरणीधर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

समाजसेवी जगदीश अग्रवालले उपलब्ध गराएको न्यानो कपडा जिल्ला प्रहरी कार्यालयका एसपी विश्व अधिकारी, विराटनगर–६ का वडाअध्यक्ष विजयकामत, नेकपा नेता गोपी अछामी, रोजी अधिकारी लगायतले विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेका थिए । बाल कक्षादेखि कक्षा ८ सम्म अध्यापन हुँदै आएको विद्यालयमा १७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक खेमप्रसाद निरौलाले जानकारी दिए।

 

कपडा वितरण पश्चात उनीहरुले विद्यालय भवन र कक्षाकोठाको पनि अवलोकन गरेकाथिए । कपडा वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै प्रधानाध्यापक निरौलाले विराटनगर महानगरपालिकाको एउटा बत्तीमुनीको अँध्यारो विद्यालय भएकोले यस विद्यालयलाई सहयोगको आवश्यकता रहेको बताए ।उनले विद्यालयमा शौचालयको अभाव, कार्यालय भवनको अभावका बाबजुत सञ्चालन गरिरहेको बताउँदै यसलाई माथि उकास्नका लागि पहल गरिदिन आग्रह गरे ।

कपडा वितरण पश्चात बोल्दै एसपी विश्व अधिकारीले कपडा उपलब्ध गराईदिइएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि प्रहरी र व्यक्तिगतरुपमा आफुले गर्ने सहयोग गर्न प्रतिवद्ध रहेको बताए । उनले यसअघिपनि प्रहरीसँगको सहकार्यमा अग्रवालले विभिन्न सामाजिक काम गर्दै आएकोे बताए ।कार्यक्रममा वडाअध्यक्ष कामत, अछामी, अग्रवाल लगायतले आफुहरुले विद्यालयको सहयोगका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने बताएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.