×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु

१९ भाद्र २०८२

१९ भदौ , काठमाण्डौ ।

काठमाडौं उपत्यकाको ध्वनि प्रदूषण बढेको भन्दै उपत्यका प्रहरी कार्यालयले नयाँ र अनौठो अभियानको थालनी गरेको छ । अभियान स्वरूप प्रहरीले काठमाडौं उपत्यकाभित्र ध्वनि नियन्त्रणको लागि बिहान ५ देखि ७ बजेसम्म अनावश्यक रुपमा ठुलो आवाजमा कुराकानी नगर्न, मोटरसाइकल वा अन्य सवारी साधनको हर्न नियन्त्रण गर्न आग्रह गरेको छ ।

प्रहरीका अनुसार विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न उत्पन्न हुने ध्वनी प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनी प्रदूषणका कारण खास गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर असर गरेको बताउँदै ध्वनि नियन्त्रण गर्न आग्रह गरेको हो ।

ध्वनि प्रदूषणको कारण सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने एवं सामाजिक सम्बन्धहरूमा समेत प्रतीक असर गएको भन्दै प्रहरीले बिहीबार एक सूचना जारी गरी अभियानको थालनी गरेको हो ।

सो सूचनामा शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न भनेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत यस्तो उर्दी जारी गरेको हो । ५ वटा मुख्य शीर्षक र अनेकन उपशीर्षकमा कार्यालयले ध्वनी र प्रदुषण नियन्त्रणका लागि विभिन्न सल्लाहहरु दिएको छ ।

राति अनावश्यक आवज नगर्ने शीर्षकमा कार्यालयले फोन कल गर्दा हेडफोन प्रयोग गर्न, वा म्यासेजमै सम्वाद गर्न सुझाव दिएको छ । अबेरसम्म ठूलो स्वरले गफगाफ गर्न नहुने, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्ने, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्ने, अबेरसम्म म्युुजिक बजाएर नाचगान नगर्ने लगायतका सुझाव छन् ।

यस्तै, बिहानको शान्ति कायम राखौं शीर्षकमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने कार्य नगर्न भनिएको छ । गेट खोल्दा आवाज कम गर्ने, मोटरसाइकलमा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्ने सुझाव कार्यालयले दिएको छ ।

यस्तै, राति अबेर शौचालय फ्लस गर्दा ध्वनी कम गर्ने उपाय अपनाउने, राति अबेरि वा बिहान सबेरै प्रेसर कुकुरमा सिटी नलगाउनसमेत भनिएको छ । यस्तै टेलिभिजन वा म्युजिक सिस्टम खोलेर सुत्ने कार्य नगर्न, घरमा संगीत अभ्यास गर्दा ध्वनी नियन्त्रण उपकरण प्रयोग गर्न, सडकमा अनावस्यक हल्ला नगर्न, धामिर्क वा सांस्कृतिक कार्यक्रममा ध्वनी नियन्त्रण गर्न, मन्दिर, गुम्बा, मस्जिदमा ध्वनि नियन्त्रण गर्दै पूजा–प्रार्थना गर्न आग्रह गरेको छ।

कार्यालयले ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्वन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने पनि जनाएको छ । यस्तै सरसफाइको ख्याल गर्न पनि कार्यालयले भनेको छ । अन्य शीर्षकमा भनिएको छ, चुरोट वा फोहोर जलाएर छिमेकमा धुँवा र वातावरण प्रदूषण नगरौं, घर बाहिर फोहर नफालौं, निश्चित फोहर फाल्ने स्थानमा मात्र फालौं ।

कुहिने र नकुहिने फोहरको समुचित व्यवस्थापन गरौं । छिमेकीसंग मिलेर नियमित सफाइ अभियान संचालन गरौं । यस्तै आफूले पालेको जनावरहरु(कुकुर, कुखुरा) आदीबाट छिमेकी र वातावरणलाई अशान्ति नगरौं । प्रेशर हर्न वा मोडीफाई गरी ठूलो आवाज निकालेर सवारी साधन नचलाऔं ।

उपरोक्त कुनै पनि गतिविधि गरी टोल छिमेकमा डिस्टर्व गरेमा निम्न फोन नम्बरहरुमा सम्पर्क गर्न पनि प्रहरी कार्यालयले भनेको छ । प्रहरी कन्ट्रोल १००, ट्राफिक कन्ट्रोल १०३ र काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा ९८५१२८३०२६, ९८५१२८३०२७ मा फोन गर्न पनि भनिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top