Nepal Times
Nepal Times
3
Shares

प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

२३ असार, काठमाडौं ।
नेपाल प्रहरीको २८ औं आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादनसमेतको मुल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

 ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए ।

थापाले २०७९ बैशाख १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन्। नेपाल प्रहरीमा चार वर्षयता भएका आईजीपी सिधै डीआईजीबाट नियुक्त भएकोमा यस पटक भने २८ औं महानिरीक्षक भने एआईजीबाट नै नियुक्त भएको छ ।

 नेपाल प्रहरीका एआईजी थापा हाल मानवश्रोत एवं प्रशासन विभागको जिम्मेवारीमा रहेका थिए । उनी २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए ।

  थापा २०४९ बैशाख १९ प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । सेवा प्रवेश गरेपछि दुई पटक बाहेक सँधै पहिलो नम्बरमा बढुवा हुन सफल भएका उनी संगठनभित्र व्यवसायिक र निष्कलंक छवि रुपमा चिनिदै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.