Nepal Times
Nepal Times
3
Shares

प्रियंका र निकको जोडी ‘बेस्ट ड्रेस्ड अफ द इयर’ को उत्कृष्ट सूचीमा

प्रियंका र निकको जोडी ‘बेस्ट ड्रेस्ड अफ द इयर’ को उत्कृष्ट सूचीमा

१९ भदौ, एजेन्सी ।
प्रियंका र निकको जोडी हलिउड म्यागजिन ‘पिपल’ को ‘बेस्ट ड्रेस्ड अफ द इयर’ को उत्कृष्ट सूचीमा पर्न सफल भएका छ।

प्रियंका अहिले बलिउड र हलिउड दुवैमा निकै चर्चित अनुहार भैसकेकी छिन् । ३७ वर्षिय प्रियंका र २६ वर्षिय निक रोमान्टिक जोडीसँगै २०१९ को ‘मोस्ट स्टाइलिस’ जोडी पनि सावित भएका छन् ।

निक र प्रियंकासँगै यो सूचीमा हलिउड कलाकारहरु बिली पार्टर, टेनिस च्यापियन सेरेना विलियम्स, जेनिफर लोपेज, लेडी गागा र सेलिना डियान लगायतका कलाकारहरु छन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत् सूचीमा आफूहरुलाई राखेकोमा ‘पिपल म्यागजिन’लाई धन्यवाद दिएकी छिन् । म्यागजिनकी निर्देशक एन्ड्रियाले यो उपाधिको उत्कृष्ट १० को सूचीमा पहिलो पटक पुरुष परेको बताएकी छिन् ।

यो जोडी उपाधिको लागि योग्य भएको पनि उनले बताइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.