Nepal Times
Nepal Times
3
Shares

‘प्रेम गीत ३’को मोसन टिजर : योद्धा अवतारमा प्रदिप (टिजरसहित)

‘प्रेम गीत ३’को मोसन टिजर : योद्धा अवतारमा प्रदिप (टिजरसहित)

२१ कात्तिक, काठमाडौँ ।
बहुपूतीक्षित चलचित्र ‘प्रेम गीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । मुख्य कलाकार छनौट देखी अन्य कलाकार फाइनल गर्न र निर्माण सुरु भएसँगै निकै कौतुहलता सृजना गरेको सो चलचित्रको टिजरमा चलचित्रका मुख्य अभिनेता प्रदिप खड्कालाई भिन्न अवतारमा देखाइएको छ ।

प्रेमको भुमिकामा देखिने उनलाई टिजरमा एक योद्धाको भेषमा देखिन्छन् भने रगतले लतपतिएको अनुहारमा निकै आक्रोश देख्न सकिन्छ । घोडामा सवार उनी कुनै युद्धमा भएको टिजरले बताउँछ । चलचित्रकी मुख्य नायिका अर्थात् गीतको भूमिकाको लागी देशभरबाट २७ सय युवतीबाट छानिएकी क्रिस्टिना गुरुङ छिन् ।

यसै गरी चलचित्रमा दीप र क्रिस्टिनाका साथमा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, प्रेम पुरी, सन्तोष सेन लगायत कलाकारको अभिनय रहने छ । ‘अ फर्बिडन लभ स्टोरी’ नाम दिइएको चलचित्रलाई सन्तोष सेनले निर्माण तथा निर्देशन गरेका छन् भने छेतेन गुरुङ उनको पनि सहकार्य रहेको छ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति ‘प्रेम गीत ३’ चैत २८ गते रिलिज हुनेछ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहरभुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.