Nepal Times
Nepal Times
3
Shares

फर्किए पूर्वराजा शाह

फर्किए पूर्वराजा शाह

५ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किएका छन् ।

भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर उनि फिर्ता भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बाजागाजासहित उनका समर्थकले स्वागत गरेका थिए । हरिद्वारको कुम्भ मेलामा उनले शाही स्नान गरेका थिए । कुम्भ मेला आयोजकले पूर्वराजा शाहलाई राजाको हैसियतमा स्वागत गरेको थियो । शाह चैत २६ मा आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको विशेष निम्तोमा गएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.