१२ फागुन , काठमाण्डौ ।

विश्वप्रसिद्ध बोन बौद्ध परम्पराका गुरु तेन्जिन वांग्याल रिन्पोछेको अगुवाइमा रिपा रिट्रीटमा पाँच दिने गहन ध्यान शिविर सम्पन्न भएको छ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने फर्पिङका डाँडाहरूमा आयोजित उक्त शिविरमा करिब ६० जना अन्तर्राष्ट्रिय साधकहरूको सहभागिता रहेको थियो।

चीन, बेलायत, युरोपका विभिन्न देशहरू तथा रुसबाट आएका आध्यात्मिक साधकहरू शिविरमा सहभागी भएका थिए।

कार्यक्रममा जोगचेन उपदेश, ड्रीम योग तथा तुम्मो–ब्लिस ध्यानजस्ता गहन अभ्यासहरू सञ्चालन गरिएका थिए।

रेपा नेपालका आध्यात्मिक मार्गदर्शक छोग्याल रिन्पोछेले यस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू नेपालमा आयोजना गर्नु आफ्नो दीर्घकालीन दृष्टिकोणअन्तर्गत रहेको बताए।

उनका अनुसार नेपाललाई विश्वसामु आध्यात्मिक तथा योगको केन्द्रका रूपमा स्थापित गर्दै बौद्ध धर्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ।

उनले यस्ता कार्यक्रमहरूले आध्यात्मिक पर्यटन प्रवद्र्धन भई नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार रेपा रिट्रिटले नेपाललाई विश्व आध्यात्मिक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top