Nepal Times
Nepal Times
3
Shares

फलामे डन्डीकाे मूल्य बढ्नुको कारण पेस गर्न डन्डी उद्योगकाे अटेरी

फलामे डन्डीकाे मूल्य बढ्नुको कारण पेस गर्न डन्डी उद्योगकाे अटेरी

काठमाडौँ : फलामे डन्डी उद्योगीले सरकारको निर्देशनमा अटेरी गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे डन्डी उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न दिएको निर्देशन अधिकांश उद्योगीले अटेरी गरेका हुन् ।

डन्डीको भाउ बढेको गुनासो आउने क्रम बढेसँगै विभागले डन्डी उद्योगीसँगको छलफलपछि एक साताभित्र भाउ बढ्नुको कारण खुल्ने आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो । विभागले देशभर सञ्चालित २१ वटा डन्डी उद्योगमा पत्रचार गरेर एक साताभित्र विवरणसहित विभागमा उपस्थित हुन निर्देशन दिएकोमा अहिलेसम्म चार÷पाँचवटा उद्योगले मात्रै विवरण पेस गरेको जनाएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले डन्डी उद्योगीसँग नम्र रूपमा प्रस्तुत भएर एक साताभित्र मूल्य बढ्नुको कारण पेस गर्न भनेर दिएको निर्देशनमा अधिकांशले अटेरी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, विवरण बुझाउने आज अन्तिम दिन हो, सारै सानो सङ्ख्याबाट मात्रै विवरण आएको छ । अधिकांश आउनुभएन । हामी राम्रो गर्ने उद्योगीलाई सहयोग गर्छौं, असहयोग गर्नेलाई कानुनी प्रक्रियामा जान बाध्य हुन्छौँ, यो वातावरण नबनोस् भन्ने हो ।

उद्योगीहरूले आन्तरिकभन्दा पनि बाह्य कारणले गर्दा डन्डीको भाउ बढेको दाबी गर्दै आएका छन् । प्रिमियर स्टिल उद्योगका सञ्चालक पवन सारडाले भाउ बढ्नुको कारण नेपाली उद्योगीले गर्दा नभएर विदेशबाट आउने कच्चा पदार्थको भाउ बढेकाले यस असर नेपालमा परेको बताउनुभयो ।

डन्डी उत्पादनका लागि सबै कच्चा पदार्थ विदेशबाट ल्याउनु पर्ने र त्यस्तो कच्चा पदार्थ कोभिड–१९ पछि अन्तर्राष्ट्रिय बजारमै महँगो भएको उहाँको भनाइ छ । , याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.