Nepal Times
Nepal Times
3
Shares

फाइजर बायोएनटेकले बनाएको कोरोना खोप प्रयोग गर्न बेलायतले दियो अनुमति

फाइजर बायोएनटेकले बनाएको कोरोना खोप प्रयोग गर्न बेलायतले दियो अनुमति

१७ मंसिर, एजेन्सी । बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ । योसँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ ।

बुधबार मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोनाविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको र प्रयोग गर्न अनुमति दिएको हो।

उच्च जोखिममा रहेका समुहहरूलाई खोप दिने काम केही दिनमा सुरू गरिने बिबिसीले जनाएको छ।

बेलायत सरकारले खोपको ४ करोड डोज अर्डर गरेको छ । दुई डोज लगाउनु पर्ने उक्त खोप २ करोड बेलायतीलाई पुग्नेछ ।

सुरूवाती केही दिनमा १ करोड डोज छिट्टै उपलब्ध हुनेछ । फाइजरले अहिलेसम्मकै छोटो समयमा खोप बनाएको हो। यसले १० महिनामा खोप तयार पारेको हो। यसअघि खोप बनाउन वर्षौं लाग्ने गर्थ्यो।

खोप प्रयोग गर्न दिइने भएपनि मानिसहरूले कोरोनाभाइरसबाट जोगिन हुन जरूरी छ । त्यसको लागि भौतिक दूरी कायम राख्ने, मास्क लगाउनु पर्ने विज्ञहरूले बताएका छन्।

फाइजरले अमेरिका र युरोपियन युनियनका अरू मुलुकमा पनि अनुमतिका लागि निवेदन दिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.