×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

५ पुष , काठमाण्डौ ।

निर्वाचन आयोगले मतदाताहरूको सहजताका लागि भन्दै निर्वाचन आयोगले गएको निर्वाचनमा भन्दा १ सय ६८ मतदान स्थल थप गरेको छ भने प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदान स्थल भने खारेज गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल थप भए सँग मतदाताहरूलाई सहज रूपमा मतदान गर्ने अवस्था आउने आयोगको भनाइ छ ।

निर्वाचन स्थल थप भए सँगै सुरक्षा चुनौतिपनि थपिएको छ । पुराना राजनीतिक दलहरूले निर्वाचन सुरक्षालाई लिएर चिन्ता व्यक्त गरी रहेका छन् । उनीहरूले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार जेलबाट भागेका कैदीहरूका कारण सुरक्षा चुनौती रहेको भन्दै आएका छन् ।

निर्वाचन आयोग र सरकार फागुन २१ गतेका लागि निर्वाचनको व्यापक तयारीमा लागि रहँदा एमाले र नेपाली काँग्रेस जस्ता दलहरू प्रतिनिधि सभा पुनः स्थापनाका लागि अदालतको ढोका ढकढक्याउन गई रहेका छन् ।

निर्वाचन हुने नहुने अन्यौलता पूर्ण रूपमा हटी नसके पनि निर्वाचन आयोगले आफ्ना काम तीव्र रूपमा अघि बढाइँ रहेको छ । २०७९ सालमा भएको निर्वाचनमा देशभर दश हजार ८ सय ९२ मतदान स्थल रहेका थिए ।

यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदान स्थल भने खारेज गरिएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान स्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुरुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ ।

यसै गरी, मतदातालाई साबिककै अर्को मतदान स्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदान स्थल पुनरावलोकनका लागि सूचनामार्फत जानकारी गराएको थियो ।

पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदान स्थलमा सार्न वा समावेश हुन छुट भएको भए दाबी विरोध गर्न आग्रह गरेको थियो । एउटै वडाभित्र रहेको कुनै एक मतदान स्थलबाट आफूलाई पायक पर्ने अर्को मतदान स्थलमा नाम सार्नका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले उल्लेख गरेको थियो ।

यसै गरी प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण पनि सहज भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रवार प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२ जारी गरेका छन् ।

नेपाल सरकारले २०७८को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८को जनसङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने छ ।

यो प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्द सूची पेस गर्ने समय सीमा तोकिएको आयोगले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top