Nepal Times
Nepal Times
3
Shares

फुटबल टिमका प्रशिक्षक अलमुताइरीले पत्रकारलाई दुव्र्यवहार गरेको भन्दै महासंघको ध्यानाकर्षण

फुटबल टिमका प्रशिक्षक अलमुताइरीले पत्रकारलाई दुव्र्यवहार गरेको भन्दै महासंघको ध्यानाकर्षण

८ साउन, काठमाडौं ।
नेपाल खेलकुद पत्रकार मञ्चले मञ्चका सदस्य तथा मेरोखेल डट कमका सम्पादक बिभु श्रेष्ठ र खेल पत्रकार बिभा थापामाथि समाचार संकलनको क्रममा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको दुव्र्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार समाचार संकलनका लागि गएका पत्रकारमाथि प्रशिक्षक अलमुताइरीले गरेको दुव्र्यवहार निन्दनीय रहेको मञ्चले जनाएको छ ।मञ्चका महासचिव प्रज्वल ओलीद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘मञ्च आफ्ना सदस्यप्रति गरिएको अभद्र व्यवहारको घोर भत्र्सना र निन्दा गर्दछ ।’

घटनालाई मञ्चले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामथिको प्रहारको रुपमा लिएको जनाएको छ । अखिल नेपाल फुटबल संघसंग पनि यस विषयको छानविन गरि दोषी उपर कारबाही गर्न माग गरेको छ ।

नेपाल पत्रकार महासंघले पनि घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनएको छ । महासंघका महासचिव रोशन पुरीले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता कार्य नदोर्याउन सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउँदछ ।’

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा सार्वजनिक स्थानमा धुम्रपान गरिएको विषयमा प्रश्न साध्दा प्रशिक्षक अल्मुताइरीले गालीगलौज गरेको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.