×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

फूलमा आत्मनिर्भर : आन्तरिक उत्पादनले धान्यो तिहार

६ मंसिर २०७७

काठमाडौँ : यस वर्ष फूलको माग आन्तरिक उत्पादनले धानेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले तिहारमा सयपत्री फूलको माग बढी हुने र अघिल्ला वर्षहरूमा केही अपुग भएर आयात गर्ने गरेकामा यसपटक माग नै घटेकाले आन्तरिक उत्पादन नै पर्याप्त भएको बताउनुभयो ।

उहाँका अनुसार फ्यानले गत वर्ष तीन लाख मखमलीका माला र लगभग १९ लाख सयपत्री फूलका माला उत्पादन गरेको थियो । यो वर्ष अझै उत्पादन बढेको थियो । नेपाल प्रेम दिवसमा केही गुलाबबाहेक अन्य बेला फूलमा लगभग आत्मनिर्भर भइसकेको उहाँको भनाइ छ ।

फ्यानले यसपटकको तिहारमा सयपत्रीको फूलका प्रतिमाला खुद्रा मूल्य ७० देखि १५० रुपियाँ र मखमलीको प्रतिमाला ५० देखि ८० रुपियाँभन्दा बढी नपरेको दाबी गरेको छ तर यता उपभोक्ता भने सयपत्रीको प्रतिमाला १५० देखि २२० र मलमलीको प्रतिमालालाई ७० देखि ९० रुपियाँसम्म तिर्न बाध्य भए ।

मालाको खपत घट्यो
यसपटकको तिहारमा गत वर्षको तुलनामा सयपत्री फूलका मालाको खपत ३६ प्रतिशतले घटेको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण यो वर्ष सयपत्री फूलका मालाको खपत गत वर्षभन्दा नौ लाखले घटेको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार यो वर्षको तिहारमा १३ लाख सयपत्री र तीन लाख मखमली गरी १६ लाख मालाको खपत भयो । जबकि अघिल्लो वर्ष २२ लाख सयपत्री फूलका माला र तीन लाख मखमली गरी २५ लाख मालाको कारोबार भएको फ्यानले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले कोरोनाको कहरबीचमा अपेक्षाभन्दा एक लाख बढी फूलका मालाको कारोबार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यो वर्ष बढीमा १५ लाखभन्दा बढी फूलका मालाको कारोबार हुन सक्दैन कि भन्ने अपेक्षा गरेका थियौँ तर १६ लाख मालाको कारोबार भएको छ । ” यस वर्ष फूलको माग आन्तरिक उत्पादनले धानेको फ्यानले दाबी गरेको छ । अध्यक्ष श्रेष्ठले तिहारमा सयपत्री फूलको माग बढी हुने र अघिल्ला वर्षहरूमा केही अपुग भएर आयात गर्ने गरेकामा यसपटक माग नै घटेकाले आन्तरिक उत्पादन नै पर्याप्त भएको दाबी गर्नुभयो । उहाँका अनुसार फ्यानले गत वर्ष तीन लाख मखमलीका माला र लगभग १९ लाख सयपत्री फूलका माला उत्पादन गरेको थियो । यो वर्ष अझै उत्पादन बढेको थियो । नेपाल प्रेम दिवसमा केही गुलाबबाहेक अन्य बेला फूलमा लगभग आत्मनिर्भर भइसकेको उहाँको भनाइ छ ।

फ्यानले यसपटकको तिहारमा सयपत्रीको फूलका प्रतिमाला खुद्रा मूल्य ७० देखि १५० रुपियाँ र मखमलीको प्रतिमाला ५० देखि ८० रुपियाँभन्दा बढी नपरेको दाबी गरेको छ तर यता उपभोक्ताले भने सयपत्रीको प्रतिमाला १५० देखि २२० र मलमलीको प्रतिमालालाई ७० देखि ९० रुपियाँसम्म तिर्न बाध्य भए ।

मखमलीका एक लाख ५० हजार माला निर्यात
मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ । मखमली केही मात्रामा निर्यातसमेत हुने गरेको छ । यस वर्षको तिहारमा कोरोना कहरका बीच पनि झन्डै एक लाख ५० हजार मखमली फूलको माला विभिन्न देशमा निर्यात भएकोे छ ।

झन्डै १४ करोड फूल मालाको कारोबार
यसपटकको तिहारमा झन्डै १४ करोड बराबरको फूलका मालाको कारोबार भएको छ । फ्यानका अनुसार सयपत्री फूलका माला ११ करोड ७० लाख रुपियाँ बराबरको कारोबार भयो भने मखमलीको एक करोड ८० लाख रुपियाँको कारोबार भयो । फ्यानले यसपटक ४५ लाख रुपियाँ बराबरको मखमली फूलका माला निर्यात गरेको जनाएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top