×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

फेरि असुरक्षित बन्यो इजरेल, सुरु भो आक्रमण

७ चैत्र २०८१

८ चैत , एजेन्सी ।

इजरेलले एकतर्फी युद्धविरामका बीच हमासमाथि अहिलेसम्मकै भयानक आक्रमण गरेपछि हमासले पनि इजरायलको तेल अभिभलाई निशाना बनाएर तीनवटा रकेट प्रहार गरेको छ । इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण हो ।

आक्रमणको जानकारी हमास आफैँले दिएको छ । तर, ती तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू कोही पनि नबस्ने ठाउँमा खसेको इजरायलले बताएको छ। हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेयता कम्तीमा ५९१ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुने मध्ये २०० भन्दा बढी बालबालिका भएको मन्त्रालयको भनाई छ । प्यालेस्टिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको इजरायली रक्षा बल (आईडीएफ)ले बिहीबार बताएको थियो । जनवरीमा इजरायल र हमासबिच युद्धविराम सुरु भएयता ठुलो मात्रामा सैन्य कारबाहीबाट केही राहत मिलेको थियो ।

तर यी आक्रमणहरू पछि अवस्था पहिलेकै जस्तो बनेको छ । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको र यीमध्ये २४ जना जीवित रहेको अनुमान इजरायलको छ । हमासको नियन्त्रणमा रहेका मध्ये एक नेपाली युवा विपिन जोशी पनि रहेका छन् ।

उनको रिहाइका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पछिल्लो समय पहल गरिरहेका छन् । हिजो मात्रै प्रधानमन्त्रीले टर्कीएका राष्ट्रपति एर्दाेगानसँग टेलिफोन संवाद गरेका छन् । यसअघि उनले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका थिए ।

पछिल्लो समय इजरेल र हमासबीच फेरि आक्रमण सुरु भएपछि बाँकी बन्धक रहेकाहरुको रिहाई टर्दै गएको छ । इजरेलको आक्रमणपछि गाजा पट्टीमा शासन गर्ने प्यालेस्टिनी चरमपन्थी समूह हमासले बिहीबार अरब र मुस्लिम राष्ट्रहरूलाई इजरायली आक्रमण रोक्न आग्रह गरेको थियो ।

हमासले इजरायलका पछिल्ला आक्रमणलाई नरसंहारको संज्ञा दिँदै यसलाई रोक्न मुस्लिम राष्ट्रहरूको ’नैतिक र राजनीतिक’ जिम्मेवारी रहेको बताएको छ। इजरायलले मंगलबार बिहान घातक आक्रमण गर्दै आफ्नो सैन्य अभियान पुनः सुरु गरेपछि १९ जनवरीदेखि लागू भएको युद्धविराम अन्त्य भएको थियो।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार लगातार तेस्रो दिन गाजामा इजरायली आक्रमण जारी रहँदा बुधबारदेखि बिहीबार रातभर थप ९१ जनाको मृत्यु भएको छ, जसमा एक नवजात शिशु पनि समावेश छ।

पछिल्ला हवाई आक्रमणमा हमासका धेरैजसो वरिष्ठ नेताहरू मारिएका छन्, जसमा गाजाको सरकार प्रमुख र सुरक्षा सेवाका प्रमुख पनि छन्। बिहीबार इजरायली सेनाले राफाको दक्षिणी क्षेत्रमा स्थलगत अभियान पुनः सुरु गरेको जनाएको छ, भने महत्वपूर्ण नेत्जारिम करिडोरमा इजरायली ट्याङ्कहरू पुगेका छन्।

एक विज्ञप्तिमा हमासले भनेको छ, “निरन्तर भइरहेका यी नरसंहार, अरब लिग र इस्लामिक सहयोग सङ्गठनबलाई प्रत्यक्ष रूपमा राजनीतिक र नैतिक जिम्मेवारी दिन्छ, ताकि संसारभर भइरहेको यस नरसंहारलाई रोक्न सकियोस्।“

विज्ञप्तिमा थप भनिएको छ, “हामी अरब र इस्लामिक राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरू, विशेष गरी संयुक्त राष्ट्र सुरक्षा परिषद्मा तत्काल कदम चाल्न, आक्रमण रोक्न तथा आवश्यक उपायहरू लागू गर्न आह्वान गर्छौं।“

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top