Nepal Times
Nepal Times
3
Shares

फोहोर व्यवस्थापनका लागि प्रविधिको प्रयोग गरौंः राज्यमन्त्री मानन्धर

फोहोर व्यवस्थापनका लागि प्रविधिको प्रयोग गरौंः राज्यमन्त्री मानन्धर

२० मङ्सिर, काठमाण्डौं ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने बताएका छन् ।

फोहोर मैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनमा बोल्दै राज्यमन्त्री मानन्धरले यस्तो बताएका हुन् । प्रविधिसँग जोडिन नसकेका कारण अहिलेको अवस्था आएको भन्दै उनले प्रविधिकिन नल्याउने भन्दै प्रश्न समेत गरे । प्रविधि भित्र्याउँदा कसैलाई घाटा नहुने उनले बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले फोहोर सिसडोल पु¥याउनु भन्दापहिले नै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने बताए । देशमा हरेक वर्ष रासायनिकमल आयातमा ठूलो रकम बाहिर गएको उल्लेख गर्दै उनले कुहिने फोहोरलाई मल बनाएर प्रयोग गर्न सकिने बताए ।

फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनका संयोजक गणेश शाहले शहरको विकास भइरहेकै गतिमा फोहोर पनि बढिरहेको बताए । देश संघीय संरचनामा गएपछि फोहोर व्यवस्थान कसको जिम्मा हुने भन्ने नै स्पष्ट नभएको उनले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.