×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

७ भदौ, विराटनगर । 

फ्रान्स फुटबल टोलीको प्रशिक्षकमा गेराल्ड ब्याटिकल नियुक्त भएका छन् । शुक्रबार फ्रान्सका पूर्वखेलाडीसमेत रहेका ५४ वर्षीय ब्याटिकल प्रशिक्षकमा नियुक्त भएका हुन् ।

फ्रान्सेली फुटबल महासंघले आधिकारिक रूपमा ब्याटिकललाई प्रशिक्षकको जिम्मा दिइएको जनाउँदै उनीसँग सन् २०२५ सम्मको सम्झौता गरिएको जनाएको छ ।

यसअघि फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा आयोजक राष्ट्रलाई रजत पदक दिलाएका प्रशिक्षक थिएरी हेनरीले पदबाट राजीनामा दिएका थिए ।

हेनरी फ्रान्सका पूर्वखेलाडी पनि हुन् । उनले सन् १९९८ को विश्वकप विजेता फ्रान्सको टिममा सहभागी थिए । त्यसबाहेक उनले आर्सनल, बार्सिलोना, युभेन्टसलगायत परिचित टोलीबाट व्यवसायिक फुटबल खेलेका छन् ।

पेरिस ओलम्पिकलाई ध्यानमा राखेर हेनरीलाई एक वर्षअघि फ्रान्सको प्रशिक्षकमा अनुबन्ध गरिएको थियो । तर, व्यक्तिगत कारण देखाउँदै ४७ वर्षीय हेनरीले पदबाट राजीनामा दिएपछि उनको स्थानमा महासंघले ब्याटिकललाई प्रशिक्षक बनाएको हो ।

ब्याटिकल पनि फ्रान्सका स्ट्राइकर हुन् । सन् २००८ यता भने उनले विभिन्न क्लबहरूमा प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।

Scroll to Top